साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ससुराली टेन्डर

घरज्वाइँ बस्ने अठोटले तम्सिएर आको ससुराली सेवा गर्ने तिब्र ईच्छा भाको सवै शर्त स्वीकार्नेले मात्र टेण्डर दिनू अन्यसँग क्यै हुँदैन हाम्रो लिनुदिनु ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

लमीहरू भन्छन् असल
‘कन्या’ पाइएको
विवाहको टेण्डर खुल्यो
‘वर’ चाहिएको

योग्यतामा सकेसम्म
ईलम भाको केटो
उमेरमा केटी भन्दा
केहि वर्ष जेठो

नेता भए झनै राम्रो
सम्मानले घेर्ने
श्रीमतीको सल्लाहलाई
खुरुखुरु टेर्ने

गालीगलौज जत्ति पनि
पचाउन जान्ने
जनताले नटेरे नि
पार्टीकाले मान्ने

जागिर भए हुनुपर्‍यो
चलखेल जान्ने
ससुराली आफन्तलाई
नियुक्तिमा तान्ने

ग्राह्यतामा घुस अड्डा
भित्र पहुँच भाको
करछली र कमिशनमा
कीर्तिमान कमाको

घरज्वाइँ बस्ने अठोटले
तम्सिएर आको
ससुराली सेवा गर्ने
तिब्र ईच्छा भाको

सवै शर्त स्वीकार्नेले
मात्र टेण्डर दिनू
अन्यसँग क्यै हुँदैन
हाम्रो लिनुदिनु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x