साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरज्वाइँ

अन्तरजातको सम्बन्धले झनै भाउ पायो आरक्षणको कोटा थाप्ने अवसर जुरायो श्रीमतीको इच्छा रह्यो समानुपातिक बन्न ससुराली भयो दङ्ग हाम्रो घरज्वाइँ भन्न ॥

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

डेरा खोज्दै गाउँबाट
राजधानीमा आका
चतुईको वाटो छोप्दै
अहिले नेता भाका

कहिले भए भूमिगत
कहिले खुल्ला भए
घरभाडा उधारोमा
“भोलि” भन्दै गए

कालान्तरमा तिनै मान्छे
पुगे ठूलो पदमा
हुँदाहुँदा घरबेटीको
छोरी माग्ने कदमा

पुगेपछि ओहदामा
पुराना गुन तिरे
नातागोता सालासाली
ठूला पदमा छिरे

अन्तरजातको सम्बन्धले
झनै भाउ पायो
आरक्षणको कोटा थाप्ने
अवसर जुरायो

श्रीमतीको इच्छा रह्यो
समानुपातिक बन्न
ससुराली भयो दङ्ग
हाम्रो घरज्वाइँ भन्न ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
2 months ago

म तपाईको कविता रुचिका साथ पढ्ने पाठक हुँ । 

यो कविता कुनै खास राजनीतिक दलका केही नेतालाई ताकेर लेखिएको रहेछ । तर कविताले अलिक वृहत् स्तरमा अनावश्यक रूपमा च्वाँस्स घोच्ने रहेछ ।

विष्णु
विष्णु
1 month ago

Ho ta!

Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
2
0
Would love your thoughts, please comment.x
()
x