डा. लोकेन्द्रप्रसाद पौड्यालगुण र दोषको मृत्यू
“ऊ” त मान्छे असल थियो अकालमै मर्यो “त्यो” मान्छे त कठोर थ्यो कालले ठिकै गर्यो ॥

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :
मृत्यू सुन्दा चासो बढ्छ
को मरेछ ? भन्ने
त्यसपछिको वर्गिकरण
“ऊ” वा “त्यो” मा गन्ने
“ऊ” त मान्छे राम्रै थियो
बरा छिट्टै मर्यो
“त्यो” त मान्छे खराव थियो
बल्ल फेला पर्यो
“ऊ” मर्यामा सवै भन्छन्
उमेर छँदै मर्यो
“त्यो” मर्यामा तीनै भन्छन्
अपराध टर्यो
“उसलाई” भन्छन्, त्यागी थियो
प्रतिष्ठामै मर्यो
“त्यसलाई” भन्छन्, वाहियात मान्छे
धोकेवाज न पर्यो
“ऊ” बिचरा गरीब थियो
दरिद्रता टर्यो
“त्यो” मान्छे त लुटेरा थ्यो
अकुत कमाई मर्यो
“ऊ” मान्छे थ्यो आदर्शको
इतिहास लेखाई मर्यो
“त्यो” त साह्रै क्रुर थियो
बल्ल जोखिम टर्यो
“ऊ” त मान्छे असल थियो
अकालमै मर्यो
“त्यो” मान्छे त कठोर थ्यो
कालले ठिकै गर्यो ॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































