साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुण र दोषको मृत्यू

“ऊ” त मान्छे असल थियो अकालमै मर्‍यो “त्यो” मान्छे त कठोर थ्यो कालले ठिकै गर्‍यो ॥

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

मृत्यू सुन्दा चासो  बढ्छ
को मरेछ ? भन्ने
त्यसपछिको वर्गिकरण
“ऊ” वा “त्यो” मा गन्ने

“ऊ” त मान्छे राम्रै थियो
बरा छिट्टै मर्‍यो
“त्यो” त मान्छे खराव थियो
बल्ल फेला पर्‍यो

“ऊ” मर्‍यामा सवै भन्छन्
उमेर छँदै मर्‍यो
“त्यो” मर्‍यामा तीनै भन्छन्
अपराध टर्‍यो

“उसलाई” भन्छन्, त्यागी थियो
प्रतिष्ठामै मर्‍यो
“त्यसलाई” भन्छन्, वाहियात मान्छे
धोकेवाज न पर्‍यो

“ऊ” बिचरा गरीब थियो
दरिद्रता टर्‍यो
“त्यो” मान्छे त लुटेरा थ्यो
अकुत कमाई मर्‍यो

“ऊ” मान्छे थ्यो आदर्शको
इतिहास लेखाई मर्‍यो
“त्यो” त साह्रै क्रुर थियो
बल्ल जोखिम टर्‍यो

“ऊ” त मान्छे असल थियो
अकालमै मर्‍यो
“त्यो” मान्छे त कठोर थ्यो
कालले ठिकै गर्‍यो ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
विष्णु
विष्णु
1 month ago

उ र त्यो गज्जव डा साहेव होनी!

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x