साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशिर्वादको दुलो

समाउनेलाई पनि कठिन भनिहाल्न चोर आखिर भोलि यौटै फोनले नछोडिने हो र ? जता पनि भ्रष्टाचार खै त सुधार प्रष्ट ? ऋण काडेको राष्ट्रको धन भएन र नष्ट ?

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

बरु दर नै तोक्देउ हाकिम
घुस चाहिने कति ?
समयको बर्वादी भो
काम सल्टाउन अति

निर्णयको आधार के हो ?
भेउ बुझ्नै गाह्रो
खासखुसमा भोलि भन्दै
तताइदिन्छौ पारो

मोलमोलाई पर्खिपर्खी
कति अड्डा धाउनु ?
काम फत्ते गर्ने वाचा
कसरी हो पाउनु ?

भाका मन्त्रि सवै चोखा
पार्टी कोटा नाममा
बचाई दिने भएपछि
के डराउँथे काममा ?

डामे पनि भ्रष्टाचारले
तिनकै भाउ ठूलो
नैतिकताको चर्को भाषण
आशिर्वादको दुलो

समाउनेलाई पनि कठिन
भनिहाल्न चोर
आखिर भोलि यौटै फोनले
नछोडिने हो र ?

जता पनि भ्रष्टाचार
खै त सुधार प्रष्ट ?
ऋण काडेको राष्ट्रको धन
भएन र नष्ट ?

हरेक दिनको भाषणवाजी
कुरा नानाभाँती
ढाकछोपले कान टट्याउने
स्याल हुईंयाका ताँती ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x