साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीजको बाङ्गो गीत

‘शिवजस्तै स्वामी पाऊँ’ भन्दै मागिन् वर, कामको चाङ देखेर शिवजी लुक्दै थिए डर । सेल्फीमा शिव महान्, व्यवहारमा परमेश्वर, घरायसी कामको भारले सास फेर्नै भुलेर ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

तीज आयो, माइती जाने रहर जाग्यो,
साडी फेर्दै चार थरी, मनै नयाँ लाग्यो ।
फेसबुकमा तस्बिर हाल्दै हाँसिन् मन्द-मन्द,
क्याप्सन लेखिन्- “सरल जीवन, खुसी अनन्त !”

दर खान पाँचतारे, ठाँटै बेग्लै देखियो,
प्लेटमा चम्चा मात्रै, बिलले आकाश छोयो ।
‘डाइटमा छु’ भन्दै दिदी मख्ख परिन्,
मिठाई देख्नासाथ प्रसाद भन्दै चाखिन् ।

रातो सारी, हरियो चुरा, छमछमी पाउजु,
रिल बनाउन रातैभरि जागे दिदी-भाउजू ।
गीतमा नारी-मुक्तिको चर्को स्वरको हुङ्कार,
घर पुग्नेबित्तिकै फेरि- “के गरूँ सरकार ?”

‘शिवजस्तै स्वामी पाऊँ’ भन्दै मागिन् वर,
कामको चाङ देखेर शिवजी लुक्दै थिए डर ।
सेल्फीमा शिव महान्, व्यवहारमा परमेश्वर,
घरायसी कामको भारले सास फेर्नै भुलेर ।

नाचौँ दिदी, गाऔँ बहिनी, प्रश्न पनि गरौँ,
तीजलाई केवल देखावटी पर्व नबनाई हेरौँ ।
गहना होइन, अधिकारको उज्यालो गहना सजाऔँ,
शिव पुज्नुअघि आफ्नै श्रमको मूल्य बुझाऔँ ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x