साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजै मान्न भुलेँ म त

सुन् सुन् सरस्वती साटूँ सानो सन्देश सूत्रमा कैयौँ लेखक नाच्दैछन् पार्टीका मलमूत्रमा । लेख्ने र लेखिने रुन्छन् हुन्छन् अक्षर आहत नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ।

Nepal Telecom ad

हिरा भट्ट ‘बदमास नम्बर दुई’ :

राजनीति गरे बाँच्दा रक्सी भात र मासुमा
राजनीति हरे!मर्दा कात्रो लास र आँसुमा १
दे दे अध्यक्ष छोएर क्यामेरासित राहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त २

घाइते-घर कड्किन्छ मेरो उद्धार गर् भनी
पड्किन्छन् दलका भान्से गाली दिन्छन् तँ मर् भनी ३
मर्नेका सरि नै मर्छन् बाँच्नेका कति चाहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ४

पत्रकार बनी डुल्ने तित्रा छन् दलका मित
खा खा खा भिडियो भन्छन् खालीपेट हुनेसित ५
माछातुल्य डुबेका छन् मान्छेका-घरका-छत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ६

बुर्जुवा एकता भन्दै टुप्पी विज्ञानको कसे
अग्रगामी अरिङ्गाल मौरीका महमा पसे ७
बिर्सियो बटुवा रीति धर्म संस्कारका पथ
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ८

सुन् सुन् सरस्वती साटूँ सानो सन्देश सूत्रमा
कैयौँ लेखक नाच्दैछन् पार्टीका मलमूत्रमा ९
लेख्ने र लेखिने रुन्छन् हुन्छन् अक्षर आहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त । १०

०००
जन्मस्थल: पञ्चेश्वर-६,बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x