साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानो नमस्कार छ

देख्ने भन्छ शवै मिले सब दुला मार्छन् बिराला मुसा लेख्ने भन्छ सबै मिले शव-दुला मार्छन् बिराला मुसा माला लाउन लाममा दिनदिनै क्या सौम्य संस्कार छ आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ ।

Nepal Telecom ad

हिरा भट्ट :

ढिस्कानो गुटको फलानु कविका क्या काव्यका हार छन्
बस्छन् पञ्चवटी प्रतीक जहिल्यै लङ्का अलङ्कार झन्
घाटेवैद्य समीप विम्ब रहँदा कारुण्य चीत्कार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।१।

बोक्यो शब्द त शब्दकोशभरिका गाडी फस्यो जाममा
छाताहीन निपात ठिङ्ग उभिए वैशाखका घाममा
आना-आँगनका ठुला महलमा तिम्रो ठुलै कार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।२।

जो सर्मालु छ सर्वनाम उसकै टुप्पी उखेल्यो लुछ्यो
झन् निर्दोष गुणी विशेषण बरा टोक्यो चिथोर्‍यो खुच्यो
मेचीमा छ मसी बिचार बिचरो सैपालका पार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।३।

हिँड्दैछन् पदवर्ग काव्यपथमा काँप्दै र खोच्याउँदै
थारै छन् अझ लक्षणा र अभिधा छिन् व्यञ्जना ब्याउँदै
ऐनाको सतिसालको तरु ठुलो जाँच्दा झिनो झार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।४।

गोडा अक्षरका विनाकसुरका काटे भुटे खाइए
भङ्गीभाव-चरी मरेछ बिचरी कङ्काल पो पाइए
आठै चारदुना बस्यो गणितमा तिम्रो भने बाह्र छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।५।

ऊ प्राध्यापक शोधपत्र उसमै ऊ नै रह्यो जाँचकी
विद्यावारिधि भग्न नग्न उरकी छाडा विनालाजकी
हात्ती-पुस्तक-खेतका-चरनमा चर्ने मुसो-सार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।६।

देख्ने भन्छ शवै मिले सब दुला मार्छन् बिराला मुसा
लेख्ने भन्छ सबै मिले शव-दुला मार्छन् बिराला मुसा
माला लाउन लाममा दिनदिनै क्या सौम्य संस्कार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ
।७।

बोल्ने बोल्दछ घट्टमा गहुँ भनी माटो पिसानी भए
माफी माग्दछु शब्दले कलमले रेट्दा रिसानी भए
अग्लो एक दुई र तीन सम छन् सानो सधैँ चार छ
आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ ।
।८।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x