साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्ते सम्मान

भर्खरकी पसल्नीले नमस्ते गर्छिन् । गदगद हुँदै नमस्ते थाप्छु। यसभन्दा अगाडि त कहिल्यै नमस्ते गर्दिनथिन् । आज कसरी गरिन् ?

Nepal Telecom ad

सरण राई :

रिटायर्ड लाइफ, दिनमा एक पटक हिँड्छु । बिहानै मास्क लगाएर हिँडिरहेकाे बेला एउटी केटीले नमस्ते गरी । फर्काउनै आँटेकाे थिएँ, मेराे पछाडिबाट फटाफट हिँडेकाे आवाजसँगै नमस्ते भन्ने आवाज आयाे । नमस्ते त तिनलाई पाे गरेकाे रहेछ ।

काे रहेछ ? भनेर हेर्दा चिनेकै साली पाे रहेछ । नमस्ते गर्छिन् कि भनेर हेरेँ । नबाेली मलाई नहेरी फटाफट मलाई उछिनेर हिँडिन् । तिनलाई अलिक अगाडि अर्कै केटीले नमस्ते गरिन् । फेरि अर्काले, मैले देख्दाखेख्दै सालीनानीले चारवटा नमस्ते थापिन् ।

मास्कले गर्दा मलाई चिनिनन् हाेली कि मुला बुढाे भेनाजुकाे वास्तै नगरेकाे ! अलमलमा मनमनै कुरा खेलाउँदा आफ्नाे तन्नेरी कालकाे सम्झनामा पुग्छु ।

बि. ए. परीक्षा दिएपछि गाउँकै प्रा.वि.मा प्रधानाध्यापक भएकाे थिएँ । नमस्ते बारे विद्यार्थी केटाकेटीहरूलाई थाहै थिएन । छडीले पिटीपिटी नमस्ते गर्न सिकाइयाे । हेडसर खुब नमस्ते खाइयाे । पछि क्याम्पसमा पढाउँदा पनि १०/१२ वर्ष नमस्तेे पाइयाे । त्यसपछि भने १०/ १२वर्ष नमस्ते गुडमर्निङ छ्यासमिस !

त्यसपछि त विद्यार्थी देखेपछि तर्सिन थालियाे । दाँत झारे भने.. नक्कली नयाँ दाँत राख्न नसकिने तलब । डरैले छाेडियाे प्राध्यापन। रिटायर्ड मुलालाई कसले गर्छ नमस्कार ।

त्यसाे भए पनि नमस्ते पाउने भाेक मेटिएकाे छैन । कसैले नमस्ते गरिहाल्छ कि चनाखाे भएर हिँडिहेकाे हुन्छु । नमस्ते पाएएन ।

दूध लिएर फर्किन भर्खर खाेलिएकाे नयाँ पसलमा दूध किन्न पस्छु । भर्खरकी पसल्नीले नमस्ते गर्छिन् । गदगद हुँदै नमस्ते थाप्छु। यसभन्दा अगाडि त कहिल्यै नमस्ते गर्दिनथिन् । आज कसरी गरिन् ?

जेसुकै हाेस् म त्याे नमस्तेले सम्मानित भएकाे महसुस गर्न पुग्छु । थाेरै भए पनि आनन्दित हुन्छु । धन्य नमस्ते सम्मान ! सबैले पाउन्, सबैले सम्मानित जीवन भाेग्न पाउन् – म साेच्न थाल्छु ! नमस्ते सम्मान ! मानिसहरूलाई बिना लागत खर्च नगरी दिन सकिेने प्रसन्नता, सुख र सम्मान मामुलि जस्ताे लाग्ने नमस्ते रहेछ ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
औसत मान्छे

औसत मान्छे

सरण राई
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x