साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाेधार

लामाे समयसम्म सँगसँगै बस्न नपाए पनि चिहानहरू सँगसँगै रहाेस् भन्ने एउटा मनकाे जिद्दी... शरीरदान गरेर उपकार कार्यमा सरिक हुँ भन्ने अर्काे मनकाे आवाज ... दाेधारमा छु ।

Nepal Telecom ad

सरण राई :

जर्जर शरीर राेगले खाएकाे । मन तिनकाे चार वर्षकाे याे बिरामी र डायलाइसिस अवधिमा कहिल्यै यसरी जर्जर भएकाे थिएन । ‘अब म बाँच्दिनँ’ भन्दै राेइन् । तिनलाइ सहज मृत्युवरण गर्न सक्ने विराङ्गना बनाउने मेराे प्रयत्न तिनकाे सामू राेएर धुलिसात हुन नदिन आँसु भित्रभित्रै छातीमा पचाएँ ।अस्पतालकाे वार्डमा हामी दुई मात्र भएकाे बेला तिनी रातभर राेइन् । रून चाहेर पनि म रून सकिनँ राेइनँ ।

तर भाेलिपल्ट छाेराकाे अगाडि छाेराकाे काेठामा ‘तेराे आमा रातभरि कसरी राेई तर म रून सकिनँ’ मात्र के भनेकाे थिएँ, क्व़ाँ क्वाँ राेएछु, राेएछु मनभित्रका वेदना पाेख्दै ।

तिनकाे अवस्था हेरेर घर फर्काउने कुरा तिनलाई भन्दा अत्यन्त प्रसन्न भएकी थिइन् । त्यहि बेला मैले भनेकाे थिएँ– ‘मृत्यु पश्च्यात सडिजाने शरीर धरानकाे अस्पताललाई दान दिऊँ ।’ तिनी राजी भएकी थिइन् । फर्किनासाथ पहिलाे काम हामी ( तिनी र म) अस्पताल गएर शरीर दानकाे कागज पत्र गरेर हामी दुवैकाे एकसाथ शरीरदान गर्ने सल्लाह थियाे । फर्किने सबै बन्दाेबस्त मिलाएकाे अघिल्लाे रात अकस्मात तिनकाे देहावसान भयाे ।

अब तिनकाे शरीरदान गर्ने अधिकार कसैसँग थिएन र दाहसंस्कार परम्परा अनुसार गरियाे । आफ्नाे शरीर दान गर्ने मेराे दृढ इच्छा थियाे । मरेपछि तिनकाे चिहानसँगै छेउमा मेराे चिहान रहाेस् — एउटा मन भन्छ । मरिसकेकाहरूलाई मरेपछि सँगसँगै रहेकाे चिहानकाे के अर्थ हुन्छ र …. अर्काे मन भन्छ । शरीर दान गर् ।

लामाे समयसम्म सँगसँगै बस्न नपाए पनि चिहानहरू सँगसँगै रहाेस् भन्ने एउटा मनकाे जिद्दी… शरीरदान गरेर उपकार कार्यमा सरिक हुँ भन्ने अर्काे मनकाे आवाज … दाेधारमा छु ।

केही दिन मात्र तिनी बाँचेकी भए सँगसँगै हामी दुवैले दुवैजनाकाे शरीरदान सँगसँगै गर्ने थियाैँ । एक्लाे म… आफ्नाे शरीरबारे दाेधारमा छु । ‘के गराैँ ?’ हर कुरामा साथ र सल्लाह दिने तिनी छैनन् ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x