साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुत्रोको रगत र आँसु

तिम्रा सुरक्षा कवच तोडी, तिम्रा शिरदेखि पाउसम्म छेदन गर्दै, तिम्रो यस धरतीमा टेक्ने पाइला मेटाउँदै। यो धरतीमा बगाइरहेका छन् तिम्रा रगत र आँसु ।

Nepal Telecom ad

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :

हिमाली मुस्कानसँगै,
सदियौँदेखि भिरालो छात्तीमा
साहसको
काँडादार सुरक्षा कवचमा,
राता–पहेँला फूल, फलका
गहनाले सजिएर
ठिङ उभिन्छौ
धरती ब्युँझाउने चुत्रो ।

सानो र साहसी छौ,
त्यसैले सहन सक्छौ
चिसो हावाको जोरदार थप्पड,
हिउँको प्रलयकारी भारी ।

तिमी चम्कन्छौ
सुनौलो डाँठ र जराले,
अनि बीउ र पातले
बरबरिन तत्त्व घोलेर
मानवीय प्राणको उज्यालोको लागि
सुन्दर फलको
गुलियो–अमिलो रसदार स्वादमा
मानव र पशुपन्छी जगाउँछौ ।

एण्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुणले भरिपूर्ण,
तिमी यो देशको
अमूल्य रत्न र निधि हौ ।
परम्परागत आयुर्वेदमा
आँखा, पाचन, छाला र मधुमेय रोग
निको पार्ने विधि हौ ।

फुल्छन् कति पशुपन्छी
तिम्रै काखमा,
झुल्छन् कति केटाकेटी
तिम्रो स्वादमा ।

चुत्रो,
तिमी वनको बोट मात्र हौइनौँ,
तिमी त जीवन जगाउने बुटी हौ ।
आफ्नै रस, बास्ना र स्वादमा
रम्नसक्ने धुकधुकी हौ ।

तर हिजोआज,
तिम्रो वासस्थान र अस्तित्व
नामेट पार्न कस्सिएका छन्,
केही कसाई र रावणहरू
कसैको इसारामा ।

तिम्रा सुरक्षा कवच तोडी,
तिम्रा शिरदेखि पाउसम्म छेदन गर्दै,
तिम्रो यस धरतीमा टेक्ने पाइला मेटाउँदै।
यो धरतीमा बगाइरहेका छन्
तिम्रा रगत र आँसु ।

तर अँध्यारो कोठामा किन मौन छन्
यो देशका न्याय र कानुनका ठेलीहरू ?

०००
नागार्जुन–१०, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x