साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोहोरो लाउनुपर्‍यो !

चोर पत्ता लगाउनै सरकारले सकेन छी;! या चाहेन कि आफैं पो सहभागी भएछ कि ! बन्दै विदेशको दास, कि सरकार कतै सर्‍यो ? । कोहोरो तगडा ल्याइ जगाइ पक्रनुपर्‍यो ! ।

Nepal Telecom ad

शालिग्राम अर्याल :

सीमाना देशको चोर्‍यो ! खगौतो – वेद चोरी भो !
लाउडा धमिजा चोर्‍यो, चियाबारी नि चोरी गो !
ललिता निवासनै चोर्‍यो, सुन चोरेर के गर्‍यो ? ।
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्‍यो ।।१।।

युवा नेपालीनै चोर्‍यो ! चोरी उद्योगनै सफा !
जग्गा कैलालीको चोर्‍यो ! चोर्‍यो कानुनका दफा ।
चोर्‍यो स्काउटको जग्गा ! सरकारले के गर्‍यो ?
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्‍यो ! ।।२।।

कोशी-गण्डकीनै चोर्‍यो ! महाकाली नि चोरी भो !।
नमिता-सुनिता चोर्‍यो ! निर्मला पनि चोरी गो ।
धर्म-संस्कारनै चोर्‍यो ! चोर्‍यो बौद्धिकको जरो !
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्‍यो !।।३।।

हिसाबै कतिको चोर्‍यो ! निसापै चोरियो कति ? ।
अड्डा-अदालतै चोर्‍यो ! के खप्ने अब भो अति ।
खोज्ला सरकारले भन्दा चोरको मीत झैं गर्‍यो !
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्‍यो ।।४।।

चोर पत्ता लगाउनै सरकारले सकेन छी;!
या चाहेन कि आफैं पो सहभागी भएछ कि !
बन्दै विदेशको दास, कि सरकार कतै सर्‍यो ? ।
कोहोरो तगडा ल्याइ जगाइ पक्रनुपर्‍यो ! ।।५।।

०००
सिद्धलेक- १, बैरेनी धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x