साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरु भन्दिन क्यै पनि

दुईबीस बित्यो काल फोटोले घच्घच्याउँदा। अतीत बल्झियो आज झिटीगुण्टा तलाउँदा।। बालबृद्ध चिनौं आफै अरु भन्दिन क्यै पनि। मनोरञ्जनको यौटा पाटो संझेर हाँस्नु नि !

Nepal Telecom ad

जयराम शर्मा :

चुईँचुइँ चुईँ चुइँकिने जुत्ता पलाञ्चोके त हैन है।
पश्चिमाञ्चलको यात्रा चिनो आयो कताडि खै।।

दौरासुरुवाल दाने हुन् तीन्तही हस्त निर्मित।
पटुकी कुरुसे त्यान्द्रो सिकारुबाट सिर्जित।।

पुर्खाले कसरी जोडे बिर्खेटोपी म जान्दिन !
मालाको कमि के हुन्थ्यो टिप्थ्यौं फूल त दिन्दिन !

घिरौंले नाकमा चश्मा लत्रियो खस्छुझैं गरी।
टाँडमा थच्चिए बोके घुँडामा बालकेशरी !

कमलाभेलले ल्यायो जराजोडी अचम्मको
ढुङ्गाअड्डा पुगी यो त सजियो च्वाट्ट देखियो।।

दुईबीस बित्यो काल फोटोले घच्घच्याउँदा।
अतीत बल्झियो आज झिटीगुण्टा तलाउँदा।।

बालबृद्ध चिनौं आफै अरु भन्दिन क्यै पनि।
मनोरञ्जनको यौटा पाटो संझेर हाँस्नु नि !

०००
सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
0
Would love your thoughts, please comment.x
()
x