साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब पितृको पिण्ड केकले उछिन्ला !!

न शंखघण्ट डमरु बज्छ न होम पर्वमा पड्किन्छ ताली निभ्दछ बत्ती केकको गर्भमा

Nepal Telecom ad

माम् खाऊ भन्थिन् आमाले भन्दा दिदीले भात् ख्वाइन्
श्रीमती आइन् सुरु भो भुजा ज्युनार गराइन् ।१।

छिमेकी भेटे भान्सा भो ? भन्थे विदेशी गर्थे लञ्च
नेपाली हामी अभ्यस्त सधैं गकिलो आफ्नै ब्रञ्च ।२।

भोजेले भोज ताकेर बस्थे काट्टो त काट्टेले
तीर्थमा जाँदा कि रोटा खान्थे चावल बाँकीले ।३।

जन्तमा जाँदा बाख्रो नै हुन्थ्यो मठमा भण्डारा
मन्दिर छिर्दा प्रसाद मिल्थ्यो चल्दथ्यो गुजारा ।४।

न शंखघण्ट डमरु बज्छ न होम पर्वमा
पड्किन्छ ताली निभ्दछ बत्ती केकको गर्भमा ।५।

बिर्सियौं आफ्ना संस्कार सबै अर्काको अँगाल्यौं
त्यसैले आजै बुहारी ल्यायौं पिण्ड यो स्वीकार्‍यौं ।६।

घरमा जब बुहारी पसिन् पिण्ड नै पाक्दछ
बखान कति गरुँ म आज सुन्ने नै थाक्दछ ।७।

सीताले पिण्ड पकाएदेखि बसेको थिति यो
म खान्न पिण्ड भनेर डट्ने हिम्मत गर्छ को ? ।८।

ससुरासासू पिण्ड नै खान्थे अगिल्ला पछिल्ला
छिटै नै अब पितृको पिण्ड केकले उछिन्ला ! ।९।

१०।१०।२०७७ (सुत्राधारः चट्याङ मास्टर)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x