साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैं बनूँ कलाकार

जिन्दगीभरि संघर्षको गुफामा निसासिने म मरेपछि एकाएक छ्यालब्याल रुपमा प्रशंसा र प्रतिभापूजाको मैदानमा देखिनेछु ।

Nepal Telecom ad

जे-जसरी होस् मलाई कलाकार हुनुपर्या छ । त्यो पनि गायक कलाकार नै । किन भनेर नसोध्नुस् कलाकार राष्ट्रका गहना हुन् भन्ने उखान-बखानले उत्पातसँग लोभ्याएर मलाई टिकिखान दिएन । हुन पनि यस्तो गहना हुने मोह कसलाई पो नहोला उमेरदार नौजवानलाई विवाहको मौसममा घुम्टीदार दुलहीको चाह भएजस्तै मलाई कलाकार हुने चाहले पिरोलेको छ । यो मोह ममा कसरी पैदा भयो भन्नेमा पनि बडो कलाकारी प्रसंग छ । पैसा हुनासाथै लहरे खोकीको बिरामी हुँदाहुँदै पनि गाउने कलाकार अनि प्रेमिकासँगको बिछोडले भक्कानिएर गीत लेख्दालेख्दै आफूनै गीतका गायक हुने संसारमा म त्यसबाट अप्रभावित भएर बस्ने कुरै थिएन । अतः लागेँ कलाकार बन्ने सुरमा ।

सुरको कुरा गर्दा यो सुर भन्ने कुराले त्यसैत्यसै बेसुर बनाउँदो रैुछ मनलाई । अब मेरै कुरा गर्नुहुन्छ भने गाउँमा कम्पोस्ट मल छरेर बकाइदा खेतीकिसानी गर्नुपर्ने म कताको कलाकार बन्नलाई एकोहोरिन आइपुगेँ । तर गाउँ-टोलतिर किसानले उब्जाउने घिउ सिमी गाजरजस्तै कलाकार पनि चाहिन्छ नि देशलाई । यसैकारण म कलाकार हुन सहर पसेको । अर्को महत्वपूणर् कुरा के पनि छ भने गाउँघरतिर देसान भित्रिएर एकपछि अर्को गर्दै भुतुभुतु कुखुराहरु स्वाहा भएजस्तै कुबेलामै कलाकारहरु निख्रिन थालेपछि कलाकारको हाहाकार नहोस् भनेर म क्षतिपूर्ति गर्नलाई आएको हुँ ।

कलाकार भएपछि मेरो पनि इच्छा छ- चाँडै मर्न पाउँ । आफू मरेर अहिलेको मैंजस्तो अरु कसैको लागि खाली ठाउँ पनि छाडिदिनुपर्यो अनि महान् पनि हुनुपर्यो । कलाकारी दुनियाँमा ’जब त्याग्छौ ज्यान तब बन्छौ महान्’ भन्ने सूत्र लागू हुने रहेछ । जिउन्जेल भोकैभोकले अघाएको पेट र छिरिक्क देख्न नपाएको सम्मानको एकमुष्ठ प्याकेज मरेपछि पाउने मेरो लालसा हुनेछ । यसैले संघर्षमा हाडखोर घोट्दै एकोहोरो बाँचिरहेर फुच्चे मनुवा हुने मनसुवा मेरो छँदै छैन । मरेका कलाकारको चर्चा र वाहवाही देखेर जुरुक्कै रोमाञ्चित भएर उठ्ने मित्रमन्डलीमाझ मेरो नवकलाकारको स्वरुप पनि कताकताबाट टुसाएको हो ।

कलाकार भएर मृत्युवरण गर्नलाई यही नै रोग लाग्नुपर्छ भन्ने मेरो खास छनोट छैन । सामान्य झाडापखालाले पनि हामी कलाकारलाई काम तमाम पारिहाल्छ । यसको अलावा अलि मोटोघाटोलाई हृदयाघात र दुब्लोपातलोलाई ग्यास्ट्रिकले मर्मत गरेर कलाकारलाई महानता दिलाउँछ । यी थरीथरी रोगहरु नै वास्तवमा कलाकारका असली ’फ्यान’ हुन् भन्ने मलाई लाग्छ । यिनैको काँध चढेर एउटा कलाकारले एकपल्ट भए पनि अग्लो हुने मौका पाउँछ ।

यदि सञ्चारमाध्यम नभइदिएको खन्डमा मलाई कलाकार हुन एकरत्ति मोह जाग्ने थिएन । अखबार खबरपत्रिका रेडियो टिभी र वेबसाइटले मानौँ मलाई स्टेज शोको लागि ढोका खोलिदिएका छन् । मरेपछि आफ्नो समाचार र श्रद्धाजलि बारम्बार छापिने अनि गुन्जिनाले मेरो कलाकारी साधनालाई राहत मिल्नेछ । जिन्दगीभरि संघर्षको गुफामा निसासिने म मरेपछि एकाएक छ्यालब्याल रुपमा प्रशंसा र प्रतिभापूजाको मैदानमा देखिनेछु । यसैले अरु दसतिर दगुर्नु मलाई छैन । म कलाकार नै बन्छु । एउटा कलाकारको आगमनमा तपाइँ स्वागतका लागि तयार बस्नुस् है ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रायोजक हङ्गामा

प्रायोजक हङ्गामा

जोतारे धाइवा
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x