साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली-पानी

विजुलीले देश उँभो लाग्छ रे पानीले राजधानीको सिङ-पुच्छर आउँछ रे अनुशासन र आचरण धमिराले खायो त के भयो ? बिजुली-पानीमा नेपालीको चरित्र झल्किन्छ रे !

Nepal Telecom ad

जयराम शर्मा :

उहिले,
दियालो बाल्ने हाम्रा पुर्खाले
तेलसम्म बाले मट्टीतेल जानेनन्
टुकी वाल्ने हाम्रा शासकले
पानीबाट विजुली बल्छ भन्दा मानेनन् ।

अहिले,
पानी-विजुलीसँगसँगै
बिजुली-पानीको जमाना आयो
यसले यहाँ हलचल मचायो
नेपालका सहर-बजार गाउँ-वस्ती
जताततै विजुली-पानीकै छ गस्ती
ज्वरो आउँदा सिटामोल नपाउने ठाउँमा
विजुली-पानी सजिलै पाइन्छ गाउँ-गाउँमा ।

देशी-विदेशी रङ्गी-बिरङ्गी
बोतल बस्छन् सहर-बजारमा
निम्न कोटिका मदिरा नामी
पाउच पुग्छन् कुना कुनामा ।

लाग्नु नै व्यर्थ छ ढिंडो-रोटी
सातु र खोलेको टन्टामा
तीनपानीसम्मका विराजित छन्
आधुनिक जर्किन र पुराना घ्याम्पामा ।

नामै बिजुली-पानी
कामै बिजुली-पानी
घुटुक्क घुट्क्याउँदा त
क्या मज्जा आउ नि !

हाँसू-हाँसूँ नाचूँ-नाचूँ
बोलूँ-बोलूँ लाग्ने
डर र धक त पुच्छर लुकाई स्वाट्टै भाग्ने
गायक र नायक सेवक अनि लेखक
‘फिट’ पार्छ सबैलाई गर्छ काम अनेक ।

व्यापारीको नोट नेताको भोट
खुकुरीको चोट साहसको बोट
बिजुली-पानीको अठोट
सबै काम फत्ते गर्छ छैन यसमा खोट !

अरुण मथी बिजुली झिक्नेले
हाम्रा मथिङ्गलको फ्युजै उडायो
मेलम्चीलाई सिङ्गापुर पुऱ्याउन
दातृसंस्थालाई घुँडा कसले टेकायो ?

विजुलीले देश उँभो लाग्छ रे
पानीले राजधानीको सिङ-पुच्छर आउँछ रे
अनुशासन र आचरण धमिराले खायो त के भयो ?
बिजुली-पानीमा नेपालीको चरित्र झल्किन्छ रे !

०००
रचनाकाल : २०५७/१०/१६, श्रीपञ्चमी
नाद विन्दु वर्ष ३, पूर्णाङ्क ३ (२०५८) 
ह्रासकाे रास (२०५८)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Suman
Suman
1 year ago

Sunder!!!!!

Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
1
0
Would love your thoughts, please comment.x
()
x