साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति

यता माइतीघरको परिस्थिति अनुसार आमालाई आफूसंगै राख्नुपर्ने बाध्यता बारे रिमा र कुमारबिच विवाह अगाडि नै सहमति भएको हुन्छ।

Nepal Telecom ad

आर.सी. रिजाल :

बाबुआमाको कान्छो छोरा कुमारसँग बस्नेगरी अंशवण्डा हुन्छ। एस.एल. सी. पासपछि छोरालाई काठमाडौंमा पढाउन आफूहरु पनि उसँगै डेरामा बस्ने निधो गर्छन्। छोराले डिग्री पासपछि बैंकमा जागीर खान्छ। बैंकमै काम गर्ने केटीसाथी रिमासँग विवाह हुन्छ।

कुमारको बुवा सुगर, प्रेसर र आमा दमको रोगी हुन् । छोराबुहारी भने रोगी बाबुआमाले चाल नपाउनेगरि खुसीसाथ गाउँ पठाउने तिगड्म रच्दैछ्न्। तिगड्मको संकेत पाए तापनि बाबुआमा भने एकले अर्कोलाई पटक्कै थाहा नभएको भान गर्दैछन् ।

अस्पताल जचाँएको दिन साँझमा कुमारले – बुवा डाक्टरले तपाइँको दीर्घायुको लागि सहरी दुषित वातावरणभन्दा टाढा रहनुपर्छ रे….. भन्दैथ्यो । यत्तिकैमा रिमाले सासूतिर हेर्दै मुख खोलिन्- अस्तिनै आमालाई जचाँउदा पनि दमको रोगीलाई सकेसम्म गाउँमै बस्दा राम्रो हुन्छ भन्याथ्यो। मैले त हजुरहरुले चित्त दुखाउनु होला ठानेर केही भनिनँ।

बुवाले – तिमीहरुको बिबाहपछि मेरो सोच पनि त्यस्तै थियो भने। आमाले- रोगीले डाक्टरको आदेश पालना त गर्नुपर्छ। तर तिमरले पनि मेरो एउटा शर्त मान्नुपर्छ भनिन् ।

कुमारले – कस्तो शर्त आमा ? भन्यो । अमाले – हामी गाउँ जान्छौं । तिमीहरु अल्लारे खालको छौ। त्यसैले सम्धिनीलाई अनुरोध गरि आफैसँग राख्नु भनिन् । बुवाले – ल हेर मेरो मनको कुरा तेरि आमाले ठ्याक्कै भनी भने।

यता माइतीघरको परिस्थिति अनुसार आमालाई आफूसंगै राख्नुपर्ने बाध्यता बारे रिमा र कुमारबिच विवाह अगाडि नै सहमति भएको हुन्छ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x