साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदालत

हेर यो कुरा अरुलाई नसुनाउनु । कालो मन हुनेलाई कुनै गंगाधाम धाउन पर्दैन। उनीहरुलाई आफ्नै देशको अदालतले पखालिदिन्छ।

Nepal Telecom ad

आर.सी रिजाल :

नाति — हजुरबा ! मान्छेहरु पाप पखाल्न भनेर गंगाजीमा जान्छन् । बाहिर शरीरमा त मयलमात्र देखिन्छ। पाप मयलमा टाँसिएको हुन्छ र नुहाउदा पखालिन्छ ?.

हजुरबा — पाप भनेको मनभित्रको मयल हो। सफा मनमा यसले बास पाउँदैन।यदि तिर्थ गएर गंगा स्नानले पाप पखालिने हो भने सफा हृदय भएकाहरुको मात्र पखालिएला कि ? कालो मन हुनेको पाप पखाल्न त गंगालाई नै पाप लाग्ने हुँदा पखाल्दिनन्।

नाति — हजुरबा ! अनि कालो मन हुनेको पाप कुन तिर्थको कुन नदिमा गएर कसरी पखालिन्छ त ? पाप मोचन हुनपाउने उनीहरुको पनि अधिकार होला ?

हजुरबा — नातिलाई आफूतिर तान्दै कानमा फुसफुसाउँछ्न् — हेर यो कुरा अरुलाई नसुनाउनु । कालो मन हुनेलाई कुनै गंगाधाम धाउन पर्दैन। उनीहरुलाई आफ्नै देशको अदालतले पखालिदिन्छ।

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x