साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लम्पट महात्म्य

भागबन्डा लगाएर बाँडी देश चपाउँथ्यो देशकै केक काटेर ह्याप्पी बर्थडे मनाउँथ्यो ।। सयमाथि चढ्यो पारो छ देह अति हन्हनी झोलेकाे मति फर्किन्न जतिपल्ट भने पनि ।।

Nepal Telecom ad

हाेम सुवेदी :

प्रश्नका छहरा छुट्दै
मस्तिष्क भरि आउँछन्
भ्रष्टले के गरे भन्ने
जिज्ञाशा सग्बगाउँछन् ।।

भ्रष्टले अन्य के गर्थे
झाेले आफ्ना टिकाउँछन्
सर्वत्र जनता डस्ने
सूत्र धेरै सिकाउँछन् ।।

भुरे वा टाकुरेलाई
त्यो यौटा योग्य पात्र हाे
झाेले लम्पटको काम
जनता डस्नु मात्र हाे ।।

साेध्नु हाेला यहाँ हाम्रा
दासले काम के गरे
लतारे आफूले घाँस
अन्यत्र कनिका छरे ।।

भ्रष्ट नै देवता मानी
उसैको आरती गरे
बाला चतुर्दशी छेक
शतबीज उतै छरे ।।

बिहान रात वा साँझ
उसैमा तेल लाउँछन्
उसकै कनिका खाई
शङ्खघन्ट बजाउँछन् ।।

भ्रष्टले बोल्छ जे जस्ताे
ताली नित्य ठटाउँछन्
भ्रष्टका खोकिलाभित्र
झोले नित्य अटाउँछन् ।।

टाढा हुन्छन् जसै झोले
पगरी नित्य गुत्तछन्
भ्रष्टले उठ् भने उठ्छन्
सुत् भनेपछि सुत्तछन् ।।

हाम्रो देश सबैतर्फ
खोस्टो पार्दै चुसे सके
त्याे गर्ने अरू को हुन्थे
उनै हुक्के र बैठके ।।

झाेले लम्पट ज्याद्राको
धेरै चल्छ चुरीफुरी
भ्रष्टले हाल्दछन् हावा
आफैँ बज्छ र बाँसुरी ?

भरौटे भ्रष्टको थाप्लो
भिन्न हुन्छ घरी घरी
हुक्केका बाबुको बुद्धि
फेरिएन कसै गरी ।।

हुक्केका पछि लागेका
रुँदै छन् सबका सब
भरौटे अनि हुक्केको
याम बित्ने भयो अब ।।

पाटीकाे बास बन्नेछ
मौका धेरै टरेपछि
जनताबाट पाएको
नाश याम गरेपछि ।।

झोलेकै पनि जाने भो
उसका प्रभुकै गयाे
थाेरै इज्जत थामेको
कन्धनी खुस्किने भयो ।।

एक्लै खाने भए भन्ने
त्रासमा नेत्र बल्दछन्
जोतेर गफकाे बारी
टुक्का-का-फल फल्दछन् ।।

कोही टुक्का सुनाएर
हँसाई गर्दछन् गफ
झोले लम्पट हुक्केकाे
दानापानी छुट्यो अब ।।

भागबन्डा लगाएर
बाँडी देश चपाउँथ्यो
देशकै केक काटेर
ह्याप्पी बर्थडे मनाउँथ्यो ।।

सयमाथि चढ्यो पारो
छ देह अति हन्हनी
झोलेकाे मति फर्किन्न
जतिपल्ट भने पनि ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x