साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडाकैरन

थुँबाले ड्याम हानेर भत्काए अघिकाे घर थलाे फाेहाेर पारेर खपिसक्नु कहाँ छ र ।। टाट्नो मात्र कहाँ हुन्थ्यो भत्कायो खोर नै सब खाेरमै अब त्यो भेडाे फेरि सर्छ अरे अब ।

Nepal Telecom ad

हाेम सुवेदी :

फुकेका भिम्सिने बोका भ्याभ्या गर्छन् कराउँदै
बाबैका लागि त्याे लाग्छ भेडा छन् गीत गाउँदै ।

मख्ख हुन्छन् यता बाबै भेडाले स्ताेत्र गाउँदा
उता छन् रन्थनाएका सत्तासोम नपाउँदा ।

सोम थोपो छँदै छैन हुक्का तान्ने भए अब
टुक्का हाल्न नपाएर मुक्का हान्ने भए अब ।।

देशमा अहिलेसम्म भेडाकाे अवशेष छ
उसकाे जात हाे चर्ने पुर्खाकाे उपदेश छ ।।

त्याे खाेरबाट याे खाेर भेडा सर्ने भए अब
जता छ हरियाे घाँस त्यतै चर्ने भए सब ।।

उताका हाँचमा बस्ता पेट रित्तै हुने बुझे
घाेर्ले बाेकाे जता बस्छ त्यसैकाे मूर्तिमा पुजे ।।

उताबाट यता सर्दै राइँ दाइँ गरे अब
पल्लाे खाेर भयाे रित्ताे वल्लाेमा ती सरे जब ।।

पाठा पाठी तथा बाेका पर्नेछन् अब घानमा
त्याे पल्लाे गाेठकाे, भेडाे यता छिर्दा बथानमा ।।

भेडाकाेे हुलमा धेरै पठेक्रा थे चटारिँदै
थियाे भीमसिने बाेकाे बाख्रा खाेजी बटारिँदै ।

हाँचमा बाख्रीका साथ भेडाे छ अब नारिँदै
माैका चानस पाएर कतै लाग्याे लठारिँदै ।।

हाँच हेर्दै चहार्नेकाे भर के हुन्छ आखिर
जता घाेर्ली चरेका छन् घाेर्ले लाग्छ त्यतैतिर ।।

पुरानाे खाेर भत्काए थुँत्त थुँत्त गरी गरी
राइँ दाइँ यता गर्लान् यतैकाे खाेरमा सरी ।।

भत्काए खाेर भत्काए भत्काए खाेरकाे चर
नपर्नू कहिल्यै हेर यी थुँबाहरूकाे भर ।।

थुँबाले ड्याम हानेर भत्काए अघिकाे घर
थलाे फाेहाेर पारेर खपिसक्नु कहाँ छ र ।।

टाट्नो मात्र कहाँ हुन्थ्यो भत्कायो खोर नै सब
खाेरमै अब त्यो भेडाे फेरि सर्छ अरे अब ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x