होम सुवेदीतयार पर अरे
सत्र हज्जारकाे हिसाबमा थप्न थाल्नुपर्च रे क्रान्तिओ पाइलो चाल्नु पर्च रे याे उद्याेग खाेल्ने बेबस्था फाल्नु पर्च रे तयार पर केटा हाे के पर्च पर्च भरे ।
हाेम सुवेदी :
पोहाेर सिंहदरबार डढाउने
ए फुर्सदी केटाहाे
क्यारेमबाेर्ड खेल्ने काम छाडेर
अब कान खाेलेर यता सुन
काम पाइएन भन्थ्यौ नि
अब काम खुल्ने भे छ
बल्ल बाबैका दिमागमा कुरा गे छ
सत्ता बाहिर बस्न नसकिने कुरा
बल्ल था भे छ
उकेल्न थाले बाले
दिमागमा जे छ
कुरा अलि ढिलो भेर न हाे
कुरा ता दिमागमा गतिलै थे छ
घुसकाे पैसाे छानबिन गर्दा
हडताल गर्ने रे
देशमा लम्पटलाई पैसा छर्ने रे
तिमीहरुले पुल्ठाे बाल्नु पर्ने रे
बुढा साँढे फेरि बालुवाटारमा चर्ने रे
सारै निस्ताएकाेले बालुवाटारमा सर्ने रे
सुकेका खाेलाकाे साँघु तर्ने रे
भुँडी सुम्ल्याएर भन्ने रे
ए केटा हो
हडतालकाे टेन्डर खुलेकाे छ
मने, हडताल यतै डुलेकाे छ
तयार परिराख अरे
बाटाे बन्द गर्ने घाेसना अर्चन् अरे
राँकाे बाल्ने काम अरामछन् अरे
अब बा माममा आमचन् अरे
तयार पर केटा हो के पर्च पर्च भरे ।
पुराना टायर खाेज
मध्य बाटामा
जनतालाई आतङ्कित पार्न
हुरहुर बाल्नुपर्च रे
सत्र हज्जारकाे हिसाबमा
थप्न थाल्नुपर्च रे
क्रान्तिओ पाइलो चाल्नु पर्च रे
याे उद्याेग खाेल्ने बेबस्था
फाल्नु पर्च रे
तयार पर केटा हाे
के पर्च पर्च भरे ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































