साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबैहरूले फेरि गठबन्धन गरे

हालिन्न भाेटको खोले बरु कुकुर पाल्दछु जिउ सिङ्‌गै चिलाएर दर्फर्‍याउन थाल्दछु बाबैका साेचकाे पाेथ्रो सप्राेस् हाल्नुपर्‍यो जुताे फालौँ भन्दैछु झन् बढ्छ हाम्रो यो देशको लुतो ।

Nepal Telecom ad

हाेम सुवेदी :

झोले लम्पटका लागि नौलो मौका फिर्‍याे अब
बाबैका बिचको पर्दा अर्काे पल्ट गिर्‍यो अब ।।

बाहिरी दृश्यमा बाबै लाग्दछन् अति कन्चन
जेठाबा माहिला बाले थाले नाटक मञ्चन

हे झाेले गण हाे नौला विकासे गीत गाउनोस्
भाेलि के हुन्छ के हुन्छ बाबैका घर धाउनोस् ।

किन धाउनु हो भन्ने गर्नु पर्दैन संशय
बाबैका साथमा लाग्ने झाेलेकाे छ सदा जय ।

शुद्धिका शान्तिका लागि बाबैले पानी छर्किए
यसैले अबका लागि झोलेका दिन फर्किए

झाेले हाे आउनै लाग्यो मौका पर्खन्न बुझ्नुहोस्
लाभ हुन्छ जहाँ जाँदा उनैका पाउ पुज्नुहोस् ।।

माहिलाबा निकै जौडे यो बेला पनि लाग्दछन्
फेरि जङ्‌गलमा बाबै नठान्नू अझ भाग्दछन् ।।

सत्र हज्जारको लेखा अब सल्टाउने अरे
पाँच लाख थुपारेर सत्ता पल्टाउने अरे ।।

त्यसका लागि चाहिन्छ राँका पुल्ठा टनाटन
सत्ताको भाेगका लागि राँका बाल दनादन ।

ढुङ्‌गा इटा जमा पार खाेजेर बाल टायर
नबाले चोकमा पुल्ठा नेताे बन्नेछ फायर ।।

यो बेला पनि सत्ताको बाबैमा तीब्र आस छ
सत्ता पल्टाउने हाम्रा बाबैको इतिहास छ

जेठाबाको कुरा छाडौँ बाेलमा हास्य झर्दछ
हास्यकर्मी कुनै आयो भनेझैँ भान पर्दछ

जेठाबा माहिला बाको गठबन्धन भाे अरे
माहिलाबा सबै छाडी जेठाको घरमा सरे

बिहानै माहिला बाले यौटा जौडे कुरा गरे
पाँच लाख थुपारेर सत्ता हत्याउँछन् अरे ।

गरेका थे कुनै बेला दुबैले पारपाचुके
भन्दछन् अहिले बाबै जेठाका सामुमा झुके ।

उनका दृष्टिमा बाँकी सारै कायर छन् अरे
यसैले साहिँला बाबै सारै फायर छन् अरे

भन्दैछन् माहिला बाको लाठे अन्तै गयाे अरे
पारस्परिक सम्बन्ध उतै फेरि भयो अरे ।

राेग भाेक सबै फाल्न हामीले लड्नुपर्छ रे
पाँच लाख थुपारेर सत्तामा चढ्नुपर्छ रे ।

हालिन्न भाेटको खोले बरु कुकुर पाल्दछु
जिउ सिङ्‌गै चिलाएर दर्फर्‍याउन थाल्दछु

बाबैका साेचकाे पाेथ्रो सप्राेस् हाल्नुपर्‍यो जुताे
फालौँ भन्दैछु झन् बढ्छ हाम्रो यो देशको लुतो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Komal Pokharel
Komal Pokharel
1 month ago

राम्रो व्यङ्ग्यवाण

Nepal Telecom ad
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x