साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको आँगनको सातौँ काव्यशृङ्खला सम्पन्न

कार्यक्रमको सभापतित्व बिन्दु दहाल मूकदर्शकले गर्नुभएको थियो भने स्वागत मन्तव्य इन्दिरा खनालले गर्नुभएको थियो ।

Nepal Telecom ad

दमक, झापा । कविको आँगनको सातौँ काव्यशृङ्खला सम्पन्न भएकाे छ ।

साहित्यकार बिन्दु दहाल मूकदर्शकको गृहनिवास दमक ८ झापामा सुसम्पन्न कार्यक्रमको सभापतित्व बिन्दु दहाल मूकदर्शकले गर्नुभएको थियो भने स्वागत मन्तव्य इन्दिरा खनालले गर्नुभएको थियो ।

कार्यक्रममा संयोजक डी पी शर्मा, भगवती ढुङ्गेल , तुलसीप्रसाद भट्टराई , गोपाल दहाल, दुर्गाप्रसाद सिग्देल, लक्ष्मीअच्यूत ढुङ्गाना, केशबहादुर राई, नुरज भट्टराई नदी, जयप्रसाद आचार्य, यादव अधिकारी झाँक्रीखोले, जीवनहरि शर्मा, मेघबन्धु खनाल, कृष्णप्रसाद मिश्र , इन्द्रप्रसाद कटुवाल, वीरेन्द्र खड्का, रामकुमार उपाध्याय हुनुहुन्थ्यो ।

कार्यक्रममा सुनाइएका कविताहरूको समीक्षा यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सञ्चालन भगवती ढुङ्गेलले गर्नुभएको थियो ।

कविको आँगन झापा र इलामका दुई दर्जन साहित्यकार मिलाएर बनेको एक साहित्यिक संस्था हो । यसको परिकल्पनाकार साहित्यकार भगवती ढुङ्गेल हुनुहुन्छ ।

हाललाई यस समूहमा २२ जना साहित्यकार मात्र रहने सर्त रहेको छ । यस साहित्यिक समूहको संयोजक साहित्यकार डिपी शर्मा हुनुहुन्छ ।

यसको सदस्य बनिन कविको आँगनले आयोजना गरेको लगातार तीनवटा कार्यक्रममा भाग लिनु पर्छ तर कोटा पूर्ण भए यो नियम लागू हुँदैन ।

त्यसरी विनाजानकारी लगातार तीनवटा कार्यक्रममा सहभागी नभए स्वत: पदमुक्त भएको मानिने छ । जसको आँगनमा कार्यक्रम आयोजना गरिन्छ सोही घरमुली साहित्यकार सभापति बन्ने चलन छ ।

०००
बिन्दु दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x