साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकताको ग्रन्थिमा क्यान्सर

यो ज्यादै खतरापूर्ण रोग रहेछ । अर्को शब्दमा यसलाई नकच्चरो रोग भने पनि हुन्छ। सबैको ओखती हुन्छ तर नकच्चरोको हुँदैन ।

Nepal Telecom ad

आर.सी. रिजाल :

चीजबीजहरु पचाउन शारीरिक स्वस्थताले मात्र पुग्दो रहेनछ । त्यसमा हावापानीको पनि असर पर्दो रहेछ । म हेटौडावासी भएकोले तराईबाट ट्रकका ट्रक धारा बूढी भैंसी, गाडा तनाइ-जोताइ कार्यबाट उमेरको हदबन्दीले पेन्सिन पकाइसकेका राँगो पशुपतिक्षेत्रमा बध गरी मुक्ति दिलाउन ओसारेको देख्दा, त्यो हल्लुंडो कसरी पचाउँछन् जस्तो लाग्थ्यो। मेरो सोचाइ थियो-यी पितामह र मातामही भन्न सुहाउने रांगा भैंसीहरुका लाम्टा-भयाम्टा पचाउन सक्ने काठमाण्डौंवासीको पेटमा पक्कै घट्ट जडान भएको हुनपर्छ । तर हैन रहेछ । काठमाण्डौका रोगीहरुको लाद्राेमा एक्स-रे गर्दा हालसम्म घट्ट देखा परेको छैन रे।

के काठमाडौको पानी पाचक मिश्रित छ त ? नत्र विनाघट्ट त्यो हल्लुडो कसरी पच्छ ? “काठमाडौंको हावा दूपित छ – पानी दूषित छ” भनेको सुन्थे । यो त अफवाह मात्र रहेछ । सायद फसलमा मोफसलको भीड लाग्ला भनेर होला हुन पनि हो – चुनावताका गाँउ घरमा आफ्नो बखान गर्न जाँदा मकै, भटमास र गुन्द्रुक खाँदा छेरौटीले भेट्ने हाम्रा जिल्लाका नेताहरुलाई काठमाडौंको पानी कसरी सुपाच्य भयो ? के यो कौतूहलको बिषय भएन र ?

पद वा ओहोदा बास्तवमा महिमा गाउन योग्य छन् । मोफसलका गाँउलेहरुलाई दुई-चारदिन काठमाडौ बस्न पर्यो भने जाँड लागेको भन्दा बढी पानी लाग्छ । तर चुनाव जितेर नेताको हैसियत बोकेर काठमाडौं पुगेपछि त्यहाँको हावापानी नेताको अनुकूल बन्दछ। काँतर छ त्यहाँको हावापानी सर्वसाधारणलाई मात्र हेप्छ। केवल नेता योग्य छ । त्यसैले त नेताजीहरु सुरा-सुन्दरीसँगै युरिया मल, जेट प्लेन, जग्गा-जमीन, गाडी, टेलिफोन, सुन-चाँदी, जङ्गल, नदी-नाला, बम-बारुद सबै पचाउन सक्षम छन् । यस्ता वस्तु हजम गर्ने नेताहरुको अगाडि जाबो पितृ भैंसी र टुकुचाको के बखान गर्नु ? यिनीहरुको मुखमा पनि लचकता हुन्छ । सुरसाको मुखबाट हनुमान छिरेकै यिनका पेटभित्र जेट अड्न सक्छ, जलाशय बन्न सक्छ । बारुदपुफ छन् यिनका लादो । बम पडकेको जस्तो कहिले पड्‌कदैनन् ।

एक दिन उपरोक्त कौतूहल एकजना साथी समक्ष पोखें । उनले भने “नैतिकताको ग्रन्थिमा क्यान्सर लागेकाहरु यस्तै हुन्छन् । मेरो लागि यो रोग उही पेटको घट्ट जस्तै भयो । शरीरको कुन ठाउँमा यो ग्रन्यि हुन्छ ? मलाई थाहा भएन । तर मानिसको स्वभावमा आउने परिवर्तनको कारण चाल पाएँ ।

हामीले मोफसलबाट एउटा मनस्थिति बोकेको प्रतिनिधि छानेर पठायो फसलमा नोट देखेर होस गुमाएको हो कि ? नैतिकताको ग्रन्थिमा ओस लागेर हो? आफू आएको भोटै बिर्सिदिने गर्छन् । कतै काठमाडौ रांगो, भैंसी लादेर जाने ट्रकले फर्कदा नेताजीहरुको नैतिकता लादेर त ल्याउदैनन्। नत्र एउटा पार्टीले लाठे बनाएको छोरा अर्को पार्टीको धर्मपुत्र कसरी बन्न पुग्दछ । मुसतिघे होउन्जेल आमाको छातीको रगत चुस्ने छोरा-आमा माथि संकट आइपर्दा देशै त्याग्नु, दुलामा लुक्नु के यो नैतिकताको टार्ट उलट्‌यांइ हैन र? तर मलाई लाग्छ यो उहाँहरुको दोप हैन, रोगले गदां हो। नैतिकता कै ग्रन्थिमा क्यान्सरले गांजेपछि इन्द्रको बाबुको पनि जोड चल्दैन ।

मानव शरीरमा विद्यमान ग्रन्थिहरु मध्ये सबैभन्दा महत्वपूर्ण “नैतिकताको ग्रन्थि” नै रहेछ । नैतिकताको ग्रन्थिमा लाग्ने क्यान्सरले राजनैतिक क्षेत्रलाई नै आफ्नो उवंराभूमि तुल्याएको छ। त्यसले त राजनैतिक व्यक्तिहरुलाई यो रोगले बढी सताउँछ। क्यान्सरले गाँज्दै ल्याएपछि नैतिकताका रोगीहरु लाभको पदबाट राजीनामा पनि दिन्छन् । केही दिन उघाउँछन्-थकाइ मेट्छन् । पुनः सोही पदमा विराजमान हुन्छन् । धुक्छन् आफै चाट्छन् । सोध्यो “आर्फ चूक त हो” मन्छन् । जे गर्दा आफ्‌नो हित हुन्छ त्यसैलाई राष्ट्र‌हितमा लगेर जोड्छन्। यस्ता पाराले बर्बराउँछन् नैतिकताको ग्रन्थिमा क्यान्सरले आक्रमण गरेकाहरु ।

पद, पैसा र फोस्रो प्रतिष्ठाको तापमान बढ्दै गएपछि नैतिकताको ग्रन्थिमा क्यान्सरको लक्षण देखापर्छ । २००७ साल देखि जनताले धेरै पटक प्रजातन्त्र देखे व्यवस्थाको नाम परिवर्तन भयो । निर्दलबाट बहुदल । तर मौसम परिवर्तन भएन उही निर्दलै छ। नेताहरुको ग्रन्थिमा रोग लागेर होला । निर्दलीयताको स्वभावमा अलिकति पनि आंच आउन दिएका छैनन् । जनताको अगाडि भएको प्रजातान्त्रिक खेलमा ठाडै फालहान्दा, अर्काको खुट्टै भाँच्ता यी कानमा ठेली खाँदेर आँखामा पट्टी बाँधेर खेल्ने खेलाडीहरुले न जनताको हुटिङ्ग सुने न रेफ्रीको पिपिरी सुने, न “एलो कार्ड” नै देखे। नैतिकताका दरिद्रहरुले कुसी मात्र कुकुरको पुच्छर देखे । कुर्सी समात्ने दौडमा कोही त सेफ्टीट्‌याङ्गीभित्रै बसे । यस्ता सिलपट खेलाडीहरुलाई रोगीहरुको जमातले उल्टै होतहार खेलाडी घोषणा गरे ।

राष्ट्रमा संकट आइपर्दा, नेताहरुलाई नैतिकताको दाम्लोले थाम्न नसक्दा यी मेडा-बाखा सरी खोरमा थुनिन पुग्छन् । किन भुनिनुभयो ? भनी सोध्यो भने नैतिकताको दरिद्रीहरु उत्तर दिन्छन् “आत्मा सुरक्षा र प्रजातन्त्रको रक्षाको लागि”। यो सुन्दा मलाई पनि प्रजातान्त्रिक संसद त्यस्तो मासु पसल जस्तो लाग्यो जहाँ बाहिर बोकाको टाउको टॉगिन्छ र भित्र वाख्रीको मासु वेचिन्छ” भनाइको तात्पर्य छोरा वाहिर द्वारपाल आमा माथि बलत्कार । धन्य छौं । नेपाल आमाका सुपुत्र हो । धन्य छौ । तारिफ गर्ने पर्छ तिमीहरुको ।

ग्रन्थिहीनहरु आफैलाई मात्र देख्छन् प्रजातन्त्रका मसिहा । सवै पार्टीहरु भन्छन् “यो देशको विकास, प्रजातन्त्रको रक्षा र जनताको सुरक्षा-हामी वाहेक अरुले गर्न सक्तैन । दुई स्थान वढी आउन हुदैन, ग्रन्यिहीनहरु ज्वाला माथिको कुंढेको दूध झै हुन्छन् । मैमत्त देखिन्छन् । ग्रन्थिका रोगीहरु अंगार जस्ता काला र लिसो जस्ता लेसिला हुन्छन् । यिनीहरुसंग टाँसिए दाग लाग्छ । यिनीहरुले कुर्सी पाए यस्तरी टाँसिन्छन् कि त्यहाँबाट हटाउन जुकालाई झै नूनचुक दल्नु पर्छ वा अरिङ्गालको गोलामा झै डढेलो लगाउन पर्छ ।

मैले कक्षा दशमा “देशभक्ति” भन्ने कविता पढेथें । जसमा मानिसको दुई पटक मरण उल्लेख गरिएको थियो । एक पटक जिउँदैमा अर्को पटक साँच्चैको । अव प्रमाणित भयो नैतिकताको ग्रन्थिमा क्यान्सर लाग्दा पहिलो मृत्यु हुँदोरहेछ । यो मृत्युपछि पनि मानिस हिँडडुल त गर्छ । तर प्रेतात्मा उसमा सवार हुन्छ । दोस्रो अर्थात सामयिक मृत्युमा मात्र प्रेतात्मासंग सम्बन्ध विच्छेद हुन्छ ।

यो ज्यादै खतरापूर्ण रोग रहेछ । अर्को शब्दमा यसलाई नकच्चरो रोग भने पनि हुन्छ। सबैको ओखती हुन्छ तर नकच्चरोको हुँदैन । त्यसैले राष्ट्रहितलाई ध्यानमा राख्दै हामी सबैले कामना गरौं हामा नेताजीहरुलाई एड्स लागोस् । जसले गर्दा मरिच चाउरे झै चाउरिदै गएर ती आफैं सखाप होऊन् । अझ उत्तम त रेविज जसमा ३५ दिन भित्र टिप्पणी सदर हुन्छ तर नैतिकताको ग्रन्थिमा क्यान्सरचाहिँ शत्रुलाई पनि नलागोस् ।

०००
कुकुरको पुच्छर (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
0
Would love your thoughts, please comment.x
()
x