साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहरमा कुम्ल्याउने रहर

जनताले एक छाक खान पाऊँ भन्दा मौका छोपी लुँड्याउने चलेको छ धन्दा । दाताहरू खाता खोली तयार छन् दिन ठेकेदार ठगहरू जुटेका छन् किन ?

Nepal Telecom ad

डा. बमबहादुर जिताली

जहाजमा मेडिकल सामग्री के आयो ?
तीन दिने टेन्डरमा कल्लेकल्ले खायो ?

गिद्धहरू गिदी खान्छन् सिनु भएपछि
कागहरू ज्यूदै खान्छन् दरबारमा पसी ।

स्याल, दुम्सी तम्सिएर तमासा पो ल्याए
गिद्धजस्तै बनीकन कमिसन भ्याए ।

एकलौटी टेन्डरमा आफन्त नै पारे
सङ्कटको मौका छोपी के-के मारे-मारे ।

जता पनि गिद्धेदृष्टि हुन्छ खानामाथि
नेताजीको दृष्टि त्यस्तै बनेको छ साथी ।

जनताले एक छाक खान पाऊँ भन्दा
मौका छोपी लुँड्याउने चलेको छ धन्दा ।

दाताहरू खाता खोली तयार छन् दिन
ठेकेदार ठगहरू जुटेका छन् किन ?

जनवादी, राष्ट्रवादी नेता कता गए ?
हुँदा खाने जनताको ढाड सेक्ने भए ।

गिद्धले झै खाएर डम्म घ्याम्पे भुँडी देखाए अचम्म ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x