साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्छ को गीत बिर्सन ?

खानका निम्ति खाएर डामाडोल छ देशमा तोरी, मकै मढारेर भद्रगोल मधेसमा । म फुक्छु युगको शङ्ख को सक्ने देश बिर्सन ? यस्तो हालतमा मीठो सक्छ को गीत सिर्जन ?

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

चलाए लुटको धन्दा बनाए जन निर्धन
हुर्काए झुटको खेती सर्वहारा भनीकन ।
चुसेर जनतालाई हरिकङ्गाल पार्दछन्‌
नीतिशास्त्र चपाएर आफू मात्र डकार्दछन् ॥

छोराछोरी लगी पारि उच्च शिक्षा पढाउँछन्‌
अर्कालाई बरालेर क्रान्ति गर्न पठाउँछन् ।
भनियो बुर्जुवा शिक्षा, दीक्षा बन्दुक लादियो
आफू मात्र भुँडी भर्ने नीतिलाई सकारियो ॥

को बुझ्‌ने घिचुवा चाला ? मालामाल हुँदै गए
नबुझ्‌ने दुनिया आज गोता खाँदै रुने भए ।
निर्धालाई हकारेर बलियाले खँगार्दछन्‌
गाई मार्न सिकाएर चितुवा अघि सार्दछन् ॥

पौरखी पाखुरा छैनन् बाँझो खेत छ उर्वर
परदेशी भए हात, भयो स्वदेश जर्जर ।
अर्कालाई सपारेर बिगार्ने नीति भित्रियो
यही नीति सकारेर देशको स्थिति बिग्रियो ॥

खानका निम्ति खाएर डामाडोल छ देशमा
तोरी, मकै मढारेर भद्रगोल मधेसमा ।
म फुक्छु युगको शङ्ख को सक्ने देश बिर्सन ?
यस्तो हालतमा मीठो सक्छ को गीत सिर्जन ??

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x