माणिकरत्न शाक्यतालुखुइले
दुःख पाएको मानिस भेटेपछि कुकुरले त लखेट्दोरहेछ भने आफ्नै साथीभाइ, छरछिमेक, इष्टमित्रले किन छोड्थे ?

माणिकरत्न शाक्य :
केही महिना पहिले माओवादीको भातृ सङ्गठन नेवाः राज्यले उपत्यका बन्द गन्यो। गोपीकृष्ण हलदेखि धादिङको खानीखोलासम्म हिँडेर पुगियो । फर्कदा खानीखोलाबाट आधा बाटो पार भएर हिँड्दै गर्दा प्रेसको गाडी भेटियो । यसो जम्लेहात अनुरोध गरेको त कलङ्की चोकसम्म पुऱ्याउने सर्तमा चढियो । सर्त बमोजिमको नगद तिरियो अनि हिँडियो । कलङ्की चोकमा बन्दकर्ताहरूले प्रेसको गाडी देख्नेबित्तिकै कोही ठोकठोक भन्दै थिएँ, कोही चाहिँ आएर बाटो पुरै छेके । गाडी त्यहीँ थन्कियो। म चाहिँ कलङ्की चोकबाट गोपीकृष्ण हल पुग्न छोटो छोटो बाटो हुँदै घर पुग्ने योजना बनाएँ ।
कलङ्की चोकबाट भित्री बाटो हुँदै टेकु निस्कें । त्यहाँबाट भित्री बाटो हुँदै यङ्गाल पुगें । यङ्गालबाट भित्री चोक, भित्री चोकबाट अर्को चोक निस्कन पहिले-पहिले बनेका होचा-होचा घरको मुनि-मुनि हुँदै ओमबहाल निस्कें ।
खानीखोलादेखि त्यहाँ आइपुग्दा हपहप गर्मीले गर्दा जीउमा लुगा लपक्कै भिजेको थियो । निघारबाट खलखली पसिना बगिरहेको थियो । हिँडाइ ज्यादा भएर पो हो कि खुट्टा दुखेर हिँड्नै नसक्ने अवस्थामा पुगेको थिएँ । सडकमा मान्छेको भीडभाड र हाहाहुहु बाहेक केही सुनिँदैनथ्यो ।
एम्बुलेन्स र प्रेसको गाडी मात्र मोटरको नाममा कुदेको देखिन्थ्यो । यङ्गालबाट होचा घरको मुनिबाट अर्को चोक निस्कने बेलामा होचा घरको थाममा टाउको ठोक्किएर फुट्यो । तिरिमिरिझ्याइँ देखें। टाउको समाएर थचक्क बस्न पुर्गे । घाउले टनटन दुखेको टाउको समाउँदै बसिरहेको मात्र के थिएँ त्यही बेला टोले कुकुरले पहिले मलाई हेर्नु हेन्यो, उसले सोचेभन्दा फरक मान्छे पाएर पो हो कि भुकेर मलाई लखेट्न थाल्यो । म अघिअघि कुकुर पछिपछि । एकछिन सम्झै मान्छे र कुकुरबीच दौड प्रतियोगिता भइरहेको पो हो कि ? त्यही बेला कुकुरको मालिकले कुकुरको नाम
लिएर बोलाएपछि ऊ टक्क अडियो अनि मात्र मैले सुखद सास फेरेर आराम गर्न पाएँ । त्यहाँबाट बिस्तारै हिँड्दै चावहिलको गोपीकृष्ण हल छेउको घर पुगेँ । दुःख पाएको मानिस भेटेपछि कुकुरले त लखेट्दोरहेछ भने आफ्नै साथीभाइ, छरछिमेक, इष्टमित्रले किन छोड्थे ?
०००
अर्को झ्याइँकुटी
Subscribe
Login
0 Comments
Oldest







































