साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक कविता

कसले भनेको थियो तिमीलाई गरिब बन्न ? खबरदार ! बोल्न मनाही छ शान्त बएर बस म डोजर ! आधुनिक कविता लेख्दै छु !

Nepal Telecom ad

रामप्रसाद ज्ञवाली :

खबरदार ! बोल्न मनाही छ
शान्त भएर बस
म डोजर !
आधुनिक कविता लेख्दै छु !
कालो बादल छ रे आकाशमा !
छ भने छ, तिमीलाई के ?
पानी दर्किरहेछ रे लत्ताकपडामा !
छ भने छ, तिमीलाई के ?
भोकै छन् रे पेटहरू !
छन् भने छन्, तिमीलाई के ?
बढ्दै छन् रे थुनछेकहरू !
छन् भने छन्, तिमीलाई के ?
सन्त्रस्त-अस्तव्यस्त छ रे जीवन !
छ भने छ, तिमीलाई के ?
मर्माहत छन् रे हजारौँ मनहरू !
छन् भने छन्, तिमीलाई के ?
आँखाभरि आँसु छ रे !
छ भने छ, तिमीलाई के ?
छातीभरि क्रन्दन छ रे !
छ भने छ, तिमीलाई के ?
केहीले त आत्महत्या गरे रे !
गरे भने गरे, तिमीलाई के ?
…. !!!..
बोल्ने होइन है बढी भएर !
कसले भनेको थियो तिमीलाई गरिब घरमा जन्मन ?
कसले भनेको थियो तिमीलाई सुकुम्बासी हुन ?
कसले भनेको थियो तिमीलाई गरिब बन्न ?
खबरदार ! बोल्न मनाही छ
शान्त बएर बस
म डोजर !
आधुनिक कविता लेख्दै छु !

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x