साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तरबार धुँदै छु म !

लाछी क्षुद्र बसेका छन् तँजस्तो जुन देशमा के हुन्थ्यो जिन्दगी राम्रो दुर्गन्धी परिवेशमा ! के गरूँ के गरूँ हुन्छ हिउँले पोल्छ बेसरी ! पौडन्छु पिउँदै पानी तिर्खा मेटिन्न क्यै गरी !

Nepal Telecom ad

रामप्रसाद ज्ञवाली :

ए पाजी ! दासता चाट्दै तँ कस्तो क्रान्ति गर्दछस् !
भित्र भित्र घुँडा टेक्दै धक्कु बाहिर छर्दछस् !

थुक्क लाछी ! सधैँ गर्छस् कपटी गफ यी कति !
खस्ने हो पशुताभन्दा तल धेरै अझै कति !

छैन ठेगान बोलीको के भुक्छस् क्रान्तिका गफ !
थुक्क पामर ! के बाँच्छस् निर्लज्ज भै युगौँयुग !

जनता-देशका बग्छन् दिनहुँ आँसुका दह !
पिउँदै तिनकै आँसु गर्छस् सधैँ चहःचहः !

देशको शोकमा नाच्दै दुष्ट ढोल बजाउँछ !
तेरो निर्लज्जता देखी लाज आफैँ लजाउँछ !

लाछी क्षुद्र बसेका छन् तँजस्तो जुन देशमा
के हुन्थ्यो जिन्दगी राम्रो दुर्गन्धी परिवेशमा !

के गरूँ के गरूँ हुन्छ हिउँले पोल्छ बेसरी !
पौडन्छु पिउँदै पानी तिर्खा मेटिन्न क्यै गरी !

सुन्न पनि म चाहन्नँ तेरो यो लोभको कथा !
भ्रष्ट जोगाउँदै हाँस्छस् यो कस्तो क्रान्ति हो बता ?

भस्मासुरहरू मास्न अग्निज्वाला हुँदै छु म !
काँडेघारीहरू फाँड्न तरबार धुँदै छु म !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x