साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गलको चुनाव

केही दिनपछि उल्ले सुनी खबर यो नयाँ सबै जङ्गलका प्राणी भेला भई समूहमा "जङ्गली राज्यको राजा को हुने ?" यसखातिर गर्थे प्रचार आआफ्नो "चुनाव" जित्नखातिर !?

Nepal Telecom ad

डा. रामप्रसाद ज्ञवाली :

घनघोर थियो वर्षा दिउँसै रात झैँ थियो
निरीह जीवका निम्ति जिन्दगी त्रास झैँ थियो
कहाली लाग्दथ्यो हेर्दा एकान्त वन जङ्गल
बाघ भालु र ब्वाँसोका घुम्दथे दलका दल ।

आक्रान्त वनका माझ जन्माई शिशु कोमल
सुत्केरी मृगिनी यौटी तर्सन्थी पलका पल
चट्याङ पर्दथ्यो चर्को गर्जन्थ्यो क्रूर बादल
भयभीत थिई आमा तप्कन्थ्यो आँसुको जल ।

अचानक कँपाएर वनको जनजीवन
सुनियो सिंहको चर्को आतङ्कसरि गर्जन
कलिलो शिशुको सारा अङ्ग जिरिङ्ग थर्कियो
सुत्केरी मृगको पीडा आँखाबाट छचल्कियो ।

सामुन्ने सिंह गर्जन्थ्यो नङ्ग्रा लिएर निर्दय !
डराई मृगिनी च्याप्थी छातीमा शिशु कोमल !
सिंह बढ्दै गयो सुस्त सुत्केरी मृगिनीतिर !
जिन्दगी खोज्दथी आमा मृत्यु आयो झनै वर !

वनको माझमा यौटी सुत्केरी मृगिनी कठै !
न भिड्नै सक्दथी आफू न सक्थी भाग्न नै कतै !
आयो आइरह्यो सिंह पुग्यो जब नजिकमै
बच्चा च्यापी अँठ्याएर चिच्याई मृगिनी कठै !

सिकारी सिंह त्यो आयो झनै नजिकमा जब
जानेभो प्राणझैँ लाग्यो लाग्यो नि सकियो सब !
नपरोस् देख्न नानीको मृत्यु आफू छँदाछँदै
सोचेर बिचरी आमा चिम्लिन्छे नेत्र ती दुवै !

सिंह आई जसै छोयो मृगिनी हिउँझैँ जमी
जिउ भूकम्पझैँ काँप्यो आँखा बने चिसो नदी
“लतार्छ लुछ्छ यो सिंह घिसार्छ मार्छ हा ! अब
बाँच्ला खै कसरी नानी खान्छ चोक्टा गरी सब !”

सोचेर मृगिनी च्याप्छे बच्चा झन् झन् गरी बल
परन्तु सिंहले खोस्यो काखको शिशु कोमल !
खोस्यो तान्दै जसै बच्चा गरेर सिंहले बल
हिउँ भई जमी आमा बगाई आँसुको भल ।

दयाको भिख मागेर अश्रुधारा बगाउँदै !
जोड्दछे मृगिनी हात थर्र ओठ कँपाउँदै !
अचम्म ! के भएको हो ? विश्वासै हुन्नथ्यो तर
लाग्थ्यो आश्चर्य नै किन्तु त्यो थियो सत्य नै सब !

आठौँ आश्चर्य झैँ लाग्यो मृगिनी हेर्दछे जब
आफ्नो बच्चा थियो शान्त सिंहको काखमा तब !
के आश्चर्य भयो यस्तो खाँदैन मृगले शिशु ?
मुसार्थ्यो उसले गाला उल्टै हाँस्दै हुँदै खुसी ?

राखेर शिरमा पन्जा आशीर्वाद दियो जब !
मृगिनी पर्दछे छक्क देखेर यो असम्भव !
च्यातिन्छन् उसका आँखा देखी यस्तो असम्भव !
विपना सपना लाग्छ, सपना बिपना सब !

मरिसकेँ कि ज्युँदै छु ? हो कि झैँ ह्वैन झैँ पनि ?
के मृत्यु पग्लियो आज चट्टानी झरना बनी ?
आशीर्वाद दियो फेरि र हाँस्दै सिंह त्यो गयो !
सुत्केरी मृगिनीलाई अनौठो स्वप्नझैँ भयो !

केही दिनपछि उल्ले सुनी खबर यो नयाँ
सबै जङ्गलका प्राणी भेला भई समूहमा
“जङ्गली राज्यको राजा को हुने ?” यसखातिर
गर्थे प्रचार आआफ्नो “चुनाव” जित्नखातिर !?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x