साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँच्चै सुन्दर छ्यौ तिमी !

तिम्रो दृष्टिविना बिहान सविता मैले कुनै देखिनँ, तिम्रो सुन्दरता-समान कविता मैले कुनै लेखिनँ, आस्थाले श्रमले उदात्त मनले सत्कर्मले स्नेहले, साँच्चै सुन्दर छ्यौ तिमी प्रियतमा ! कर्तव्यले प्रेमले ।

Nepal Telecom ad

लाग्छन् सुन्दर ओठ ती किनभने बोल्छ्यौ तिमी सुन्दर
आँखा सुन्दर लाग्दछन् किनभने हेर्छ्यौ तिमी सुन्दर
लाग्छन् सुन्दर हात ती किनभने गर्छ्यौ तिमी उद्यम
राम्री छ्यौ सँगिनी ! तिमी किनभने गर्छ्यौ असाध्यै श्रम ।

तिम्रा निर्मल भावमा म भविता देखूँ सधैँं लाग्दछ
तिम्रा सुन्दर हातमा म कविता लेखूँ सधैँ लाग्दछ
बग्छ्न् सुन्दर भावना श्रमसँगै तिम्रा कुरामा पनि
बज्छन् सुन्दर रागिनी छमछमी तिम्रा चुरामा पनि ।

लाली ओठ दली बनेर नकली जाली बनी मातिनौ
निम्छा भोग-विलासनिम्ति महँगा औँठी चुरा मागिनौ
“मेरो माइत उच्च !, यो घर त खै !“ गर्दै खिसी हाँसिनौ
मेरा सङ्कट दूर गर्न मसँगै नाच्यौ, रुँदै भागिनौ ।

बारीमा पसिना बगाउन तिमी हुन्छ्यौ सधैँ तत्पर
टारीमा सृजना फलाउन तिमी बन्छ्यौ सधैँ उर्वर
गर्छ्यौ काम खटी निमेष नबसी पार्दै उज्यालो घर
मेरा निम्ति तिमीसमान सँगिनी ! छैनन् कुनै सुन्दर ।

ठान्छन् सुन्दर रूप जो लहसिँदै देखेर गोरो तन
जान्छन् बाहिर रूपमा बहकिँदै हेर्दै नहेरी मन
आँखा, ओठ, कपोल, नाक, उरमा सौन्दर्य के हुन्छ र ?
आस्थाको श्रमको विचार मनको सौन्दर्य पो सुन्दर ।

आँखा हैन रहेछ सुन्दर सखी ! ठानेछु मैले तर
बाँचेको भ्रममा रहेछु सँगिनी ! काया भनी सुन्दर
हेर्दा सुन्दर लाग्दछन् कति कुरा लोभिन्छ मान्छे तर
मैले बल्ल बुझेँ रहेछ मनको सौन्दर्य नै सुन्दर ।

तिम्रो दृष्टिविना बिहान सविता मैले कुनै देखिनँ
तिम्रो सुन्दरता-समान कविता मैले कुनै लेखिनँ
आस्थाले श्रमले उदात्त मनले सत्कर्मले स्नेहले
साँच्चै सुन्दर छ्यौ तिमी प्रियतमा ! कर्तव्यले प्रेमले ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x