सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँच्चै सुन्दर छ्यौ तिमी !

तिम्रो दृष्टिविना बिहान सविता मैले कुनै देखिनँ, तिम्रो सुन्दरता-समान कविता मैले कुनै लेखिनँ, आस्थाले श्रमले उदात्त मनले सत्कर्मले स्नेहले, साँच्चै सुन्दर छ्यौ तिमी प्रियतमा ! कर्तव्यले प्रेमले ।

Nepal Telecom ad

लाग्छन् सुन्दर ओठ ती किनभने बोल्छ्यौ तिमी सुन्दर
आँखा सुन्दर लाग्दछन् किनभने हेर्छ्यौ तिमी सुन्दर
लाग्छन् सुन्दर हात ती किनभने गर्छ्यौ तिमी उद्यम
राम्री छ्यौ सँगिनी ! तिमी किनभने गर्छ्यौ असाध्यै श्रम ।

तिम्रा निर्मल भावमा म भविता देखूँ सधैँं लाग्दछ
तिम्रा सुन्दर हातमा म कविता लेखूँ सधैँ लाग्दछ
बग्छ्न् सुन्दर भावना श्रमसँगै तिम्रा कुरामा पनि
बज्छन् सुन्दर रागिनी छमछमी तिम्रा चुरामा पनि ।

लाली ओठ दली बनेर नकली जाली बनी मातिनौ
निम्छा भोग-विलासनिम्ति महँगा औँठी चुरा मागिनौ
“मेरो माइत उच्च !, यो घर त खै !“ गर्दै खिसी हाँसिनौ
मेरा सङ्कट दूर गर्न मसँगै नाच्यौ, रुँदै भागिनौ ।

बारीमा पसिना बगाउन तिमी हुन्छ्यौ सधैँ तत्पर
टारीमा सृजना फलाउन तिमी बन्छ्यौ सधैँ उर्वर
गर्छ्यौ काम खटी निमेष नबसी पार्दै उज्यालो घर
मेरा निम्ति तिमीसमान सँगिनी ! छैनन् कुनै सुन्दर ।

ठान्छन् सुन्दर रूप जो लहसिँदै देखेर गोरो तन
जान्छन् बाहिर रूपमा बहकिँदै हेर्दै नहेरी मन
आँखा, ओठ, कपोल, नाक, उरमा सौन्दर्य के हुन्छ र ?
आस्थाको श्रमको विचार मनको सौन्दर्य पो सुन्दर ।

आँखा हैन रहेछ सुन्दर सखी ! ठानेछु मैले तर
बाँचेको भ्रममा रहेछु सँगिनी ! काया भनी सुन्दर
हेर्दा सुन्दर लाग्दछन् कति कुरा लोभिन्छ मान्छे तर
मैले बल्ल बुझेँ रहेछ मनको सौन्दर्य नै सुन्दर ।

तिम्रो दृष्टिविना बिहान सविता मैले कुनै देखिनँ
तिम्रो सुन्दरता-समान कविता मैले कुनै लेखिनँ
आस्थाले श्रमले उदात्त मनले सत्कर्मले स्नेहले
साँच्चै सुन्दर छ्यौ तिमी प्रियतमा ! कर्तव्यले प्रेमले ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
नेपाल बेकार छ !!

नेपाल बेकार छ !!

डा. रामप्रसाद ज्ञवाली
आत्महत्या गरे भयो !

आत्महत्या गरे भयो !

डा. रामप्रसाद ज्ञवाली
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?

नयाँ वर्ष तिमी मेरा...

डा. रामप्रसाद ज्ञवाली
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’