सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवी हुन् नारी

कस्तो विडम्बना अहो शक्तिको मात्र पुजन शक्ति नदिए देवीले को आउला र प्रसाद चढाउन ? नारी बिना कहाँ होला सृष्टि सिर्जना गौरव समभाव सबमा राखे मात्र बन्थ्यौँ कि हामी मानव ?

Nepal Telecom ad

देवी हुन् सरस्वती पूजन हुन्छ शक्तिको
बनेर अक्षर, शब्द भर्छिन ढुकुटी ज्ञानको

देवी हुन् उता आमा, छटपटी छ उनलाई भने
देवी नै हुन् सबै नारी सृष्टि संसार थामी रहने

नारी शक्तिदाता हुन् शक्ति दिन्छिन्, दिइरहन्छिन् सदा
दुर्गा हुन्, लक्ष्मी हुन् काली हुन् या शारदा

कस्तो विडम्बना अहो शक्तिको मात्र पुजन
शक्ति नदिए देवीले को आउला र प्रसाद चढाउन ?

दुख पर्दा आउने देवता नै माग न
चेत खुलोस् लोकको जरुरी छ यो बुझ न

नारी बिना कहाँ होला सृष्टि सिर्जना गौरव
समभाव सबमा राखे मात्र बन्थ्यौँ कि हामी मानव ?

०००
अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी