साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

हाम्रा यी चाड सारा घरघर सजिला बन्नुपर्ने छ चोखा । अल्लारे हो सिकौँ है रति पनि नचुकी पाउनै हुन्न धोका ॥

Nepal Telecom ad

होली होस् होलिकाझैँ, रङसहित अहा !, क्या मजा आँगनीमा ।
गल्ली गल्ली र घुम्ती, सडकबिच अझै, चोक बस्तीहरूमा ॥
तन्नेरी मस्तमा छन्, वदन छ रङिलो, भिन्नभिन्नै प्रकार ।
खै हाम्रा वृद्धवृद्धा, रहर किन मरे, लेख ए पत्रकार ॥१

खुल्नेछन् जोस आफैँ तडकभडकले भित्रमा छन् दबेका ।
इच्छा आफ्ना लुकाई परपर नबसौँ वृद्ध हुन्छन् तगेका ॥
गाला ती चाउरी छन् मखमलसरिका भित्र खाल्डा परेका ।
खेलौँ होली तिनैमा अदलबदलभै दन्त होलान् झरेका ॥२

देखिन्छन् पुष्ट छाती कतिपय तरुणी रङ्गले मात्तिएका ।
खाएजस्तै छ गाँजा मधुरससँगमा भाङ-घोट्टा पिएका ॥
नारिन्छन् जो सँगैमा विकृति मन लिई लिङ्ग भिन्नै जुटाई ।
पिच्कारीले लुगामा बमन कति गरे दिन्छ शोभा घटाई ॥३

टीकामात्रै लगाई विविध रङ हुने लाउँदा हुन्न होली ?
अर्कालाई नघाती असलपन लिई आउँदा हुन्न होली ?
राम्रो संस्कार बोकी शिर अझ चुलिने पार्न सक्तौँन होली ?
मर्यादा राख्नसक्ने सुमधुर गतिलो पार्नुपर्नेछ होली ॥४

भागोस् उत्ताउलो यो चलन अब छिटै वृद्धको हातबाट ।
जागोस् राम्रोगरी यो युगयुग बिरुवा वृद्धको साथबाट ॥
हाम्रा यी चाड सारा घरघर सजिला बन्नुपर्ने छ चोखा ।
अल्लारे हो सिकौँ है रति पनि नचुकी पाउनै हुन्न धोका ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x