कविराज घिमिरेआधार ज्येष्ठको होस् !
हाँकेर राज्य आए काँचा भए कुनै ती जानुन् सबै युवाले गल्ती सपार्नलाई सम्पत्ति जोगिनाले बढ्नेछ फेरि व्याज आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।
कविराज घिमिरे :
हुन् ज्येष्ठ कर्मदाता सन्तान उच्च पार्ने
गल्ती कतै हुँदामा खारेर झन् सपार्ने
यी हुन् समग्रतामा भण्डारका अनाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। १
सन्मार्ग हुन् सबैका अस्तित्व राख्न सक्ने
मुङ्ग्रो बनेर आफू आघात, दुःख खप्ने
छन् साधना अनेकौँ राख्छन् सिधा प्रभाव
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। २
फुक्छन् अनेक बाधा हुन् ज्ञानका भकारी
को टार्न सक्छ गर्जो आपत् परे विनायी
गर्मी भगाउने यी हुन् औषधी पियाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ३
हुन् शिल्पकार हाम्रा प्रारूप जागरूक
छोड्छन् सबै पिपासा गन्तव्य नै अकूर्च
अल्छी भगाउँदै झन् खेलाउँछन् कवाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ४
कल्याणको मदानी खोजेर घ्यार्रघुर्र
नौनी निकाल्न पुग्छन् ठेकीविना अपूर्व
यस्ता सुपात्र हाम्रा जोगाउनै छ आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ५
हाँकेर राज्य आए काँचा भए कुनै ती
जानुन् सबै युवाले गल्ती सपार्नलाई
सम्पत्ति जोगिनाले बढ्नेछ फेरि व्याज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































