साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधार ज्येष्ठको होस् !

हाँकेर राज्य आए काँचा भए कुनै ती जानुन् सबै युवाले गल्ती सपार्नलाई सम्पत्ति जोगिनाले बढ्नेछ फेरि व्याज आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।।

Nepal Telecom ad

कविराज घिमिरे :

हुन् ज्येष्ठ कर्मदाता सन्तान उच्च पार्ने
गल्ती कतै हुँदामा खारेर झन् सपार्ने
यी हुन् समग्रतामा भण्डारका अनाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। १

सन्मार्ग हुन् सबैका अस्तित्व राख्न सक्ने
मुङ्ग्रो बनेर आफू आघात, दुःख खप्ने
छन् साधना अनेकौँ राख्छन् सिधा प्रभाव
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। २

फुक्छन् अनेक बाधा हुन् ज्ञानका भकारी
को टार्न सक्छ गर्जो आपत् परे विनायी
गर्मी भगाउने यी हुन् औषधी पियाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ३

हुन् शिल्पकार हाम्रा प्रारूप जागरूक
छोड्छन् सबै पिपासा गन्तव्य नै अकूर्च
अल्छी भगाउँदै झन् खेलाउँछन् कवाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ४

कल्याणको मदानी खोजेर घ्यार्रघुर्र
नौनी निकाल्न पुग्छन् ठेकीविना अपूर्व
यस्ता सुपात्र हाम्रा जोगाउनै छ आज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ५

हाँकेर राज्य आए काँचा भए कुनै ती
जानुन् सबै युवाले गल्ती सपार्नलाई
सम्पत्ति जोगिनाले बढ्नेछ फेरि व्याज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
यादव प्रसाद अधिकारी "झाँक्रीखोले"
यादव प्रसाद अधिकारी "झाँक्रीखोले"
13 days ago

जागरूक -जागरूक = पहिलो ठिक दोस्रो बेठिक।
अकूर्च – नेपालीभाषी पाठकले नजानेको संस्कृत शब्द रहेछ। यी दुवै शब्दको विकल्प
राखे मात्र राम्रो भन्न सकिएला।

Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
1
0
Would love your thoughts, please comment.x
()
x