साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

वृद्धाहरू वा वृद्ध हुन् निस्केर तन्नेरी सबै घेरौँ इलाका जे परोस् झन् एकता देखाउँदै को टिक्छ हाम्रो सामुमा बन्नेछ आफैँ रिक्तता भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।

Nepal Telecom ad

कविराज घिमिरे पुछारघरे :

छन् शैलमा ब्रह्माण्ड नै बिर्साउने खानीहरू
छन् तेलका भन्डार झन् ती फाँटमा कैयौँ अरू
नेपालका यी सम्पदा देखेर उठ्तै छन् चिता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।। १

नेतृत्वकर्ता छन् खुनी विक्री हुँदै छन् झोलमा
हेर्दा दुरुस्तै देखिने हुन्छन् अनेकौँ खोलमा
हामी प्रजाको एकता अक्षुण्ण पारौँ पूर्णता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।। २

छन् लिम्पियाका दुर्दशा ताक्तै छ कोही दुर्जन
होउन् यहाँ नेताहरू यो राष्ट्र हाँक्ने सज्जन
हामी प्रजा छौँ हिम्मती गर्छौँ सबैले सञ्चिता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।। ३

जङ्गे उखेल्दै फ्याँक्तछन् आमा पुकार्छिन् सन्तति
आवाज हाम्रो उर्लियोस् सम्पूर्ण जोडौँ सम्मति
आकाश धर्तीसम्ममा फैलिन्छ धावा दीर्घता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।। ४

वृद्धाहरू वा वृद्ध हुन् निस्केर तन्नेरी सबै
घेरौँ इलाका जे परोस् झन् एकता देखाउँदै
को टिक्छ हाम्रो सामुमा बन्नेछ आफैँ रिक्तता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x