फित्काैली डटकमतीन स्रष्टाका तीन साहित्यिक कृति लाेकार्पण
गुथिका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारद्वय प्रमुख अतिथि डा. योगेन्द्र प्रधान, नरेन्द्र हाडा र समीक्षक पूर्ण ताम्राकारले संयुक्त रूपमा ती कृतिहरूको विमोचन गर्नुभएको हो।

भक्तपुर । विराट् नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरले आइतबार एक विशेष कार्यक्रमका बिच तीन वटा साहित्यिक कृति प्रकाशन गर्नुका साथै सार्वजनिक गरेको छ।
गुथिका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारद्वय प्रमुख अतिथि डा. योगेन्द्र प्रधान, नरेन्द्र हाडा र समीक्षक पूर्ण ताम्राकारले संयुक्त रूपमा ती कृतिहरूको विमोचन गर्नुभएको हो।
सार्वजनिक गरिएका कृतिहरूमा स्व. त्रिरत्न शाक्यको ‘न्ह्योलं पाचिने मफुगु विश्वास’ (कविता सङ्ग्रहको दोस्रो संस्करण), कृष्णभक्त बोडेको ‘बाखँया दुवासा’ (लघुकथा सङ्ग्रह) र प्रदीप शाक्यको पहिलो कृति ‘खाइककःचा’ (हाइकु सङ्ग्रह) रहेका छन्।
कृति विमोचन गर्दै प्रमुख अतिथि डा. प्रधानले आफ्नो साहित्यिक कृतिले समाज र जनतालाई कुनै न कुनै सकारात्मक सन्देश दिन सकेमा मात्र लेखकलाई आत्मसन्तुष्टि मिल्ने विचार व्यक्त गर्नुभयो।
महेन्द्रगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विमोचित पुस्तकहरूको समीक्षा समेत गरिएको थियो। जसअनुसार ‘खाइककःचा हाइकु सङ्ग्रह’को समीक्षा कृष्णभक्त बोडेले, ‘न्ह्योलं पाचिने मफुगु विश्वास कविता सङ्ग्रह’को समीक्षा डा. योगेन्द्र प्रधानले र ‘बाखँया दुवासा लघुकथा सङ्ग्रह’को समीक्षा पूर्ण ताम्राकारले गर्नुभएको थियो।
महेन्द्र शाक्यद्वारा सञ्चालन गरिएको उक्त पुस्तक सार्वजनिक कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिका साथै नवोदित तथा वरिष्ठ साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest






































