साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार र सम्मानको घोषणा

साहित्यकार पवन आलोक र डा. रामप्रसाद दाहाललाई दायित्व वाङ्मय विशिष्ट सम्मान-२०८३ बाट सम्मानित गरिने भएको छ ।

Nepal Telecom ad

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार र सम्मानको घोषणा गरेको खबर छ ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा बसेको प्रतिष्ठानको कार्यसमिति बैठकको निर्णयअनुसार साहित्यकार पवन आलोक र डा. रामप्रसाद दाहाललाई दायित्व वाङ्मय विशिष्ट सम्मान-२०८३ बाट सम्मानित गरिने भएको छ । यसैगरी साहित्यकारद्वय प्रा. माधव घिमिरे र नारायण ज्ञवालीलाई दायित्व वाङ्मय सम्मान-२०८३ बाट सम्मानित गरिने भएको छ ।

प्रतिष्ठानद्वारा विद्वच्छिरोमणि हेमराज पुरस्कार-२०८३ (२५,०००/-) बाट प्रा. नीलमणि ढुङ्गाना, दायित्व मुरलीदेवी-गुरुदत्त स्मृति पुरस्कार (रु. २०,०००/-) बाट नि:सहाय सेवा सदन, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार-२०८२ (रु. १५,०००/-) बाट सरस्वती चौलागाई, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार-२०८३ (रु. १५,०००/-) बाट गार्गी चौलागाई, हरिकला-गुणाकर दायित्व रचना पुरस्कार-२०८२ (र. १५,०००/-) बाट साहित्यकार माधव काफ्ले र दायित्व सीता पन्त स्रष्टा पुरस्कार-२०८३ (रु. १५,०००/-) बाट साहित्यकार निर्मलरमण पराजुली पुरस्कृत हुनुहुने भएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २०५७ सालमा नेपाली वाङ्मयको संरक्षण र संवर्द्धनका निम्ति विधिवत् स्थापित संस्था हो । आगामी वार्षिकोत्सवका अवसरमा आयोजना हुने समारोहमा उपर्युक्त पुरस्कार र सम्मान समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

०००
समाचार श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x