Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुधा समान मातृमा छ

सदैव वृद्ध चेतमा छ जिन्दगी मनाेहर रहन्छ बाल काखमा समस्त लाग्छ सुन्दर । कुदून् तिनै दलानमा खुसी बनून् निरञ्जन सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

Nepal Telecom ad

सुशील रिजाल :

कथा समान जिन्दगी बुझे सधैँ रमाइलो
विवेक उच्च सृष्टिको यथार्थमा घमाइलाे ।
विशिष्ट शिष्ट कर्मले उमङ्ग भर्छ सज्जन
सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

धरा समान हुन् मुमा बुबा भविष्य निर्भर
समस्त मस्त साेचले विवेक बन्छ उर्वर ।
अठोट गर्छ कर्मले हिमालझैँ सुकञ्चन
सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

उठेर बाल साथमा भुलाउँदै सुवासमा
पराेपकार सिक्दछन् मुना स्वयम् प्रभातमा ।
पढाउँछन् दुबै मिली सुकीर्ति ओै सुशासन
सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

कतै हजार चाेटका कथा बिलून् अकारण
चिमाेटिने व्यथा सुनी बदल्छ बाल धारणा ।
यही छ मानवीयता पढून् बुझेर सज्जन
सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

सदैव वृद्ध चेतमा छ जिन्दगी मनाेहर
रहन्छ बाल काखमा समस्त लाग्छ सुन्दर ।
कुदून् तिनै दलानमा खुसी बनून् निरञ्जन
सुधा समान मातृमा छ दुग्ध बालजीवन ॥

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x