साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे कहाँ छन् दुखी ?

छैनन् साँध कतै न छन् दशगजा चाहिन्न सीमा बल कुद्दैनन् रणकाे विनाश पथमा निस्पाप छन् निश्छल । गर्छन् मानिसले घृणा अनि दया निश्चिन्त हुन्छन् पशु फुक्का फाल भए रमाउँछ सधैँ जान्दैन क्यै खास ऊ ।।

Nepal Telecom ad

सुशील रिजाल :

मेराे धर्म महान् भनेर पशुले हुङ्कार गर्लान् र के
साह्रै कष्ट भयाे भनेर तिनले दिक्दार मान्लान् त के ?
छैनन् भ्रष्ट पना विकार पशुमा गर्दैन क्यै सङ्ग्रह
लुट्दैनन् तिनले कतै मनुजझैँ गर्थे र के विग्रह ?

गर्छन् यत्न सुधा प्रयत्न मनले निष्काम डट्छन् पशु
चासाे छ‌ैन कुनै कहाँ छ कटुता जल्दैन बेकार ऊ ।
मिथ्या तर्क गरी रमाउँछ भनाैँ संवेदना दुख्छ र
मारामार गरी लडाउँछ भनाैँ संहार त्याे गर्छ र ?

रम्छन् रम्न सके खुला सफरमा कुर्दैन अर्काे दिन
जे मिल्छन् सहजै चपाउँछ त्यहीँ चिन्दैन पैसा सुन ।
छैनन् दुष्ट सखा समान जनझैँ वित्यासमा तर्किने
गर्दैनन् तिनले यथा समयमा पीडा भरी कर्किने ।।

छैनन् साँध कतै न छन् दशगजा चाहिन्न सीमा बल
कुद्दैनन् रणकाे विनाश पथमा निस्पाप छन् निश्छल ।
गर्छन् मानिसले घृणा अनि दया निश्चिन्त हुन्छन् पशु
फुक्का फाल भए रमाउँछ सधैँ जान्दैन क्यै खास ऊ ।।

हुन्छन् प्रश्न सदा विराज मनमा के हाे खुसी आखिर
छैनन् उत्तर नै कि छन् मनुजका साेचाइभन्दा पर ।
भन्छन् मानिसले बुझेसरि सबै बेचेर किन्छाैँ खुसी
आफैँ मात्र महान् भनेर उभिने मान्छे कहाँ छन् दुखी ?

०००
कीर्तिपुर, काठमाडौ ।
२०८२/०४/०१

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Karuna Neupane
Karuna Neupane
1 year ago

Karuna

Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x