साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा झोलेहरु

स्वाभिमान स्वविवेक र बलियो मेरुदण्ड आवश्यक हुन्छ तर झोलेहरुलाई यी सब मतलब छैन उनीहरु झोला बोकेरै बाँच्छन्, झोला बोकेरै मर्छन् ।

Nepal Telecom ad

संसार नेपाली :

मलाई
झोलेहरुप्रति बडो दया लागेर आउँछ
झोलेहरुको मान हुँदैन
ज्ञान हुँदैन
इमान हुँदैन
हुन्छ त केवल
एक थान झोला
जसभित्र हुन्छ
उनीहरुको तथाकथित गौरवशाली पार्टीको झण्डा
र त्यसभित्र बेरिएका
एक पोका मासु ,
एक बोत्तल रक्सी
अनि केही बिटा पर्चाहरु !

झोलेहरु
आफ्नो त्यही झोला भर्न
उनीहरुका मालिकका महल चहार्छन्
र त्यसपश्चात्
महामारीझैँ फैलिन्छन्
गाउँ, समाजका
बिद्यालय, कार्यालय र टोलटोलमा
अनि संक्रमित पार्दछन्
सिंगो देशलाई !

झोलेहरु बुझ्दैनन्
आफ्नो वास्तविक मोल
र खुसीखुसी बेच्छन् आफुलाई
एक भारी झोलाकै निम्ती !
उनीहरु बुझ्दैनन् सबै कुरा
देख्दैनन् सफा,
देख्छन् त केवल
आफ्ना नेताका चिल्ला गाडी
सुन्छन् त केवल
तिनैका थोत्रा भाषण
बोल्छन् त केवल
तिनैले रटाएका
जिन्दावाद, मुर्दावादका नारा !

झोलेहरुले बुझेका छैनन्
उनीहरुले वर्षौँदेखी बोकिरहेको झोलाकै भारले गर्दा
उनीहरुको ढाड गलिरहेछ
गर्दन झुकिरहेछ
शरीर सुकिरहेछ,
त्यसैका कारण
उनीहरु
ज्ञान र सत्यको सोपान
अब कहिल्यै चढ्न सक्ने छैनन्
त्यसको बदला
निकट भविस्यमै
उनीहरु
बेस्सरी पछारिनेछन्
अज्ञानताको अनकन्टारमा
आफ्नै झोलाको भारले थिचिएर
मर्न बाध्य हुनेछन्
निर्मम र निरर्थक मृत्यु !

झोलेहरुले कहिल्यै जानेनन् ,
यदेि जीवनको यात्रा सहज गर्ने हो भने
झोला बिसाउनै पर्ने हुन्छ
सुखप्राप्तिका निम्ती
भरिएको झोला होइन
स्वाभिमान
स्वविवेक
र बलियो मेरुदण्ड आवश्यक हुन्छ
तर झोलेहरुलाई यी सब मतलब छैन
उनीहरु झोला बोकेरै बाँच्छन्,
झोला बोकेरै मर्छन्,
चाहे जेसुकै होस्
झोला बोक्न कहिल्यै छाड्दैनन्

त्यसैले
मलाई
झोलेहरुप्रति टिठ लागेर आउँछ
धेरैपटक रिस पनि उठ्छ
तर
त्योभन्दा बढी
बिचराहरुमाथि बडो दया जागेर आउँछ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x