साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रमिक

श्रमिकका कुरा नगर देशमा विगत भुल्दछौ कपट भेषमा पतित सोचले विलिन छौ तिमी श्रम र सीपका सगर हुन् श्रमी ॥

Nepal Telecom ad

सुशील रिजाल :

फरक छन् कथा अलग धारमा
श्रमिक छन् सदा अधिक मारमा
कहर भोग्दछन् अमर सादगी
श्रम र सीपका सगर हुन् श्रमी ।

अबुझ छन् बडा रहरका धनी
बिलख काट्दछन् अजर हौँ भनी
विकल सोचमा अकल हुन्न कि !
श्रम र सीपका सगर हुन् श्रमी ।

शहरमा तिमी फरक ठान्दछौ
दमितका कुरा अभर मान्दछौ
अधम चुम्दछन् विनित चाँदनी
श्रम र सीपका सगर हुन् श्रमी ।

कृपण पातकी सबल छन् जहाँ
सकल जिन्दगी भ्रमित छन् त्यहाँ
कुपित चालको शरणमा तिमी
श्रम र सीप का सगर हुन् श्रमी ।

श्रमिकका कुरा नगर देशमा
विगत भुल्दछौ कपट भेषमा
पतित सोचले विलिन छौ तिमी
श्रम र सीपका सगर हुन् श्रमी ॥

जमिन जोत्छ जो रगत पोत्छ जो
कृपण दुष्टको कहर भोग्छ जो
सुमनका सफा नयन हुन् श्रमी
श्रम र सीपका सगर हुन् श्रमी ॥

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x