साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

गुञ्जन बढ्दछ वृद्ध अखानाे लाग्दछ दुर्बल तुच्छ अचानाे । जीवनका मजधार कहन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

Nepal Telecom ad

सुशील रिजाल :

बेहद भाे हद लाग्छ अचम्म
के छ र शाश्वत केबल दम्भ ।
दुष्टहरू जब लम्पट हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

जीवनकाे रन घायल हुन्छ
नेत्र न चिन्दछ कर्ण न सुन्छ ।
रङ्ग ढली बल निर्बल हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

ठान्दछ दुर्जन वृद्ध निकम्मा
हुन् घरका उपहार र खम्बा ।
दुर्जन सन्तति खै धन भन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

याचक झैँ मन याचन गर्दै
कष्टबिदायक निर्जन बन्दै
चिन्तन मन्थन कर्कश ठान्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

गुञ्जन बढ्दछ वृद्ध अखानाे
लाग्दछ दुर्बल तुच्छ अचानाे ।
जीवनका मजधार कहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

०००
कीर्तिपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x