सुशील रिजालकालाे बिरालाे
खाँबाे चिथाेर्दै बलवान् हुँ भन्छ चाेरेर खाेक्दै दुनियाँ पिराेल्छ चिन्ता भनाै वा कुविचार मेराे पार्दै छ आपत् किन याे बिरालाे ।

सुशील रिजाल :
यात्रा जुराई घरबाट निस्केँ
लाग्याे तुषाराे मन माझ झस्केँ
साताे उडायाे कसरी बताऊँ
कालाे बिरालाे गरिराख्छ म्याउँ ।
चिन्ता विचिन्ता मनमा अनेक
दिग्भ्रान्ति उर्ल्याे किन भित्र एक
रैलाे झमेलाे बुझिँदैन हाउ
काटेर बाटाे जब गर्छ म्याउँ ।
डुङ्ग्रे मुसाैराे गठजाेड देख्छु
आफैँ म एक्लै गतिराेध खेप्छु
घट्दैन मेराे बलवान ह्याउ
ढाडे बिरालाे किन गर्छ म्याउँ ।
कुर्लिन्छ ढाडे कमजाेर छैन
लुच्चाहरूकाे अब हुन्छ चैन
आगाे बिना के भन जल्छ लङ्का
कालाे बिरालाे किन पिट्छ डङ्का ।
खाँबाे चिथाेर्दै बलवान् हुँ भन्छ
चाेरेर खाेक्दै दुनियाँ पिराेल्छ
चिन्ता भनाै वा कुविचार मेराे
पार्दै छ आपत् किन याे बिरालाे ।
डामेर मेराे मनमै चिथाेर्याे
छामेर सारा पसिना उतार्याे
आस्था भनाै या अनुमान मेराे
कालाे बिरालाे किन हुन्छ घाँडाे ?
०००
कीर्तिपुर, काठमाडौं ।







































सुन्दर सिर्जना