साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालाे बिरालाे

खाँबाे चिथाेर्दै बलवान् हुँ भन्छ चाेरेर खाेक्दै दुनियाँ पिराेल्छ चिन्ता भनाै वा कुविचार मेराे पार्दै छ आपत् किन याे बिरालाे ।

Nepal Telecom ad

सुशील रिजाल :

यात्रा जुराई घरबाट निस्केँ
लाग्याे तुषाराे मन माझ झस्केँ
साताे उडायाे कसरी बताऊँ
कालाे बिरालाे गरिराख्छ म्याउँ ।

चिन्ता विचिन्ता मनमा अनेक
दिग्भ्रान्ति उर्ल्याे किन भित्र एक
रैलाे झमेलाे बुझिँदैन हाउ
काटेर बाटाे जब गर्छ म्याउँ ।

डुङ्ग्रे मुसाैराे गठजाेड देख्छु
आफैँ म एक्लै गतिराेध खेप्छु
घट्दैन मेराे बलवान ह्याउ
ढाडे बिरालाे किन गर्छ म्याउँ ।

कुर्लिन्छ ढाडे कमजाेर छैन
लुच्चाहरूकाे अब हुन्छ चैन
आगाे बिना के भन जल्छ लङ्का
कालाे बिरालाे किन पिट्छ डङ्का ।

खाँबाे चिथाेर्दै बलवान् हुँ भन्छ
चाेरेर खाेक्दै दुनियाँ पिराेल्छ
चिन्ता भनाै वा कुविचार मेराे
पार्दै छ आपत् किन याे बिरालाे ।

डामेर मेराे मनमै चिथाेर्याे
छामेर सारा पसिना उतार्याे
आस्था भनाै या अनुमान मेराे
कालाे बिरालाे किन हुन्छ घाँडाे ?

०००
कीर्तिपुर, काठमाडौं ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
हरि खनाल
हरि खनाल
1 year ago

सुन्दर सिर्जना

Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x