साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा क्रान्तिकारी सरकारको प्रेस विज्ञप्ती

हाम्रो रहनसहन बदलिएको छ पुरानो दिनचर्या बदलिएको छ फेरिपनि हाम्रो प्रगतिका बाधकहरू ज्वरोमा सिटामोल पाएनौ भन्दैछन् भोकमरीमा चामल पाएनौं भन्दैछन् ।

Nepal Telecom ad

ओमप्रसाद शर्मा घायल :

‘कर’का लागि कर गर्नुनै छ
किनकि विछ्याउनु छ महाराजाहरूको दरवारमा नयाँ गलैंचा
बनाउनु छ – मन्त्रीको क्वाटरमा अत्याधुनिक ‘जीमहल’
र फेर्नुछ वाथरूमको सौन्दर्य ।
जनताको अगेनामा आगो बल्नु र नबल्नुमा
सरकारको के दोष !
सरकारले त केवल
क्रान्तिको अद्भूत सपना देखाउनु छ
गाउँघरमै कल्पनाको रेल ल्याउनुछ
नदीमा पानीजहाज चलाउनु छ
र नक्सामै भएपनि बनाउनु छ – नयाँ नेपाल
स्थापना गर्नुछ केबल- सर्वहारावर्गको अधिनायकत्व ।

तर नागरिकहरू
सरकारको अग्रगामी कर्मलाई देख्दैनन्
प्रशंसा गर्दैनन्, ताली बजाउँदैनन्
बरू एकसय केजी सूनको कुरा गर्छन्
निर्मलाको न्यायको कुरा उठाएर दिक्दार पार्छन्
बालुवाटारको कुरा उठाउँछन्
वाइडबडीको नारा लगाउँछन्
भुटानी शरणार्थीको चर्चा चलाउँछन्
यिनले देश बदलिएको देख्दैनन्
भेष बदलिएको देख्दैनन्
फाँसी दिनुपर्ने मान्छेलाई पनि आम माफी दिएर
अवीरजात्रा गराएको पनि देख्दैनन् जनता !

आखिर परिवर्तन त भएको छ त देशमा
सरकारले कमिशनकोआकार बढाएको छ
भ्रष्टाचारको प्रकार बढाएको छ
भोज र मोजको संस्कार बढाएको छ
सत्ताको सराप नगरी खाना नपच्नेहरू
फेरिपनि माइतीघरमा जुलुश निकाल्छन्
बानेश्वरमा टेवुल ठटाउँछन्
र टुँडिखेलमा टायर सल्काउँछन् ।

हिजो चप्पल लगाएर काठमाडौं छिरेका हामीहरू
आज हेलिकप्टरमा केक बोकेर ‘बर्थडे’ मनाएका छौं
सँधै साझा बसको पछिल्लो सिटमा बसेर यात्रा गर्ने
हाम्रो संगठनका कमरेडहरु
आज ‘प्राडो’ र ‘पजेरो’ चढ्नुभएको छ
श्रीमतीलाई सांसद बनाएका छौं
भतिजलाई ‘पिए’ बनाएका छौं
ज्वाइँलाई ‘जिएम’ बनाएका छौं ।
आखिर हामीले के गरेका छैनौं ?

हाम्रो रहनसहन बदलिएको छ
पुरानो दिनचर्या बदलिएको छ
फेरिपनि हाम्रो प्रगतिका बाधकहरू
ज्वरोमा सिटामोल पाएनौ भन्दैछन्
भोकमरीमा चामल पाएनौं भन्दैछन् ।

जनताको भोट हामीसँग छ
तस्करहरुको नोट हामीसँग छ
सत्ता हामीसँग छ
शक्ति हामीसँग छ
त्यसैले तिम्रो विरोधको श्वरले
रोकिँदैन हाम्रो क्रान्तिको यात्रा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x