साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुव्यवस्था

"हजुरलाई बोल्नमात्र आउने रेछ काम गराउन जान्नु भएको रहेनछ ? हजुरको पछि आएकाले उसै दिन पास गराएर लगे। अलिक प्रयास गरे त हजुरको काम एकै दिनमा भइहाल्थ्याे त।" -पिएनले आँखा सन्काउँदै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“देशभित्रको व्यवस्था कहिले सुधारहोला ?”- रामप्रसाद आफ्नाबाटै फतफताए।
उनी एउटा घरको नक्शापास गराउन भनि चक्कर काट्न थालेको आज तीन दिन भैसक्यो। भोलिबाट फेरि छुट्टी परेकोले काम रोकिने भयो।

“किन आएको के काम छ ? हाकिम साहेब त हुनुहुन्न आज । भोलि छुट्टी पर्सि छुट्टी, अब लगातार चार दिनको छुट्टी छ।”- पिएनले जानकारी गराउँदै सोध्यो।

“भाइ, घर बनाउने ठेकेदार आएका छन् अहिलेसम्म नक्शा पास भएको छैन । घर बनाउन थालेपछि अन्य केही समस्या पर्न सक्छ। जसरी भए पनि नक्शा पास गराउन मदत गरिसियोस् सर।”- रामप्रसादले आफ्नो दु:ख देखाउँदै भने।

“हजुरको समस्या मात्रै हेर्ने हो र ? हाम्रो अरू काम छैन ? भोलि गणतन्त्र दिवसको तैयारी गर्नु छ।”- पिएनले उल्टै हकार्न थाल्यो।”

“होइन एकातिर सरकारले चौबिश घन्टाभित्र काम हुन्छ भनेर धाक लगाउँछ अर्कोतर्फ यहाँ हप्तादिन भैसक्यो तीन दिन त लगातार हाकिमको प्रतिक्षामा बित्यो।”- रामप्रसादले अँध्यारो अनुहार बनाउँदै भने।

“हजुरलाई बोल्नमात्र आउने रेछ काम गराउन जान्नु भएको रहेनछ ? हजुरको पछि आएकाले उसै दिन पास गराएर लगे। अलिक प्रयास गरे त हजुरको काम एकै दिनमा भइहाल्थ्याे त।” -पिएनले आँखा सन्काउँदै भन्यो।

“हो र ? साँच्चै सुव्यवस्था र सुशासन आएकै रहेछ ।”

०००
दाङ घोराही १८
२०८३/०२/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
0
Would love your thoughts, please comment.x
()
x