सुरेशकुमार पाण्डेखरोखास मित्र
"मृत्यु भएको हजुरको छोरा हुन् ?" नैनसिंहले सोध्यो। "हजुर, यसमा के लेखेको छ ?" देवीरामले सटिकमा भने र पत्रमा लेखेको बारे जान्न खोजे।
सुरेशकुमार पाण्डे :
“यो पत्र अमृतलाई दिनुहोला”-राजेशले बन्द खाम पत्र थमाउदै भन्यो।
अमृतको ठूलै कम्पनी थियो। त्यही कम्पनीमा कुनैबेला काम लगाएको देवीरामको छोरा डिप्टीमै मृत्यु भएको थियो। त्यहाँ अन्य व्यक्तिहरू पनि मारिएका थिए। उनीहरू सबैलाई उक्त कम्पनीले तोकेको रकम मिलिसकेको थियो तर देवीरामलाई भने मिलेको थिएन।
अहिले यो राजेशको पत्रले देवीरामको मनमा आशा पलाएको थियो।
कयौँ पटक राजधानीको चक्र काट्दा देवीराम दुखी भएको थियो। आफूले छोरा गुमाउनुको पीडा उस्तै छ अहिले मृत्यु भइसकेको छोराको बाउ आफूलाई प्रमाणित गर्नु परिरहेको थियो।
आज दिउसै देवीराम अमृतको आफिसमा पुग्यो ऊ थिएन। देवीराम कहिले भित्र कहिले बाहिर गरिरहेको थियो। “हजुरले कसलाई खोज्नुभयो?”- उसलाई भित्र बाहिर गरेको देखेर नैनसिंहले सोध्यो।
“अमृत सर लाई।”- देवीरामले भन्यो। “मालिकलाई ए.ए.केही काम थियो कि ? “नैनसिंहले सोध्यो। ऊ क्लर्क पोस्टमा त्यहीँ काम गर्दथ्यो।
“त्यत्तिकै भेटघाट।” देवीरामले असली कुरा भन्न चाहेनन्।
अबेरसम्म मालिक अमृतलाल आएन त्यसपछि देवीराम क्लर्कको नजिकै गयो र भन्यो “यो पत्र उहाँलाई दिनु थियो।”
“हेरौँ के लेखेको छ ?” क्लर्कले पत्र छोप्दै भन्यो।
“हजुर हेर्नुहोस्”- देवीराम अनकनाउँदै पढ्ने अनुमती दियो।
“मृत्यु भएको हजुरको छोरा हुन् ?” नैनसिंहले सोध्यो। “हजुर, यसमा के लेखेको छ ?” देवीरामले सटिकमा भने र पत्रमा लेखेको बारे जान्न खोजे।
“आदरणीय सर ! यो व्यक्ति जो डिप्टीमा मृत्यु भएको थियो उसलाई दिनुपर्ने रकम मलाई पठाइ दिनुहोला । हामीले उक्त केटाको बालाई खोजबिन गरेर दिने छौँ। यो मृतकको पिता हो होइन सत्य तथ्य किटानी गरेर भन्न सकिएन धन्यवाद।”
“सुन्नुभयो अब पत्र मालिकलाई देउ ?”- नैनसिंहले खिसिक्क हाँस्दै भन्यो।
“भैगो न दिनुपर्दैन।”- देवीरामले मलिनो अनुहार बनाउँदै भन्यो।
०००
दाङ, घोराही १८
Subscribe
Login
0 Comments
Oldest






































