सुरेशकुमार पाण्डेग्यास
रमेशले फाइल देखाउदै भन्यो। "ए.ए. हस् जे पनि गर्ने हो अलिक छिट्टै गर्नुहोस्। यहाँ जनतालाई जवाफ दिन कठिन भएको छ।"- तेजुले चारैतिर हेर्यो र भन्यो।
सुरेशकुमार पाण्डे :
“हाम्रो देशमा केहि चिजको कमि छैन !”- तेजु एउटा टिभी च्यानलमा बोलिरहेको थियो। आज जल्दाबल्दा विषयमा छोटो अन्तरवार्तामा उपस्थित भएर सरकारको प्रशंसा गरिरहेको थियो।
“तर सर ! त्यो ग्यासको लाइन हेर्नुहोस्, अनि त्यो मलको लाइन, ऊ त्यो युवाहरूले लगाएको पास्पोर्टको लाइन। के यिनी जनताले भोगेका छैनन्, देखिरहेका छैनन्, उनीहरूको बिचिल्ली सुनेका छैनन् ?”- पत्रकार नरबहादुरले टिभीमा तस्बीरहरू देखाउदै भने।
“होइन कुनै कुनै ठाउमा त्यहाँका एजेन्टहरूले कृतिम अभाव सिर्जना गरिरहेका छन्। ती हामीलाई बद्नाम गर्न चाहन्छन्। त्यसलाई हामीले छानबिन गर्ने र छापा मार्ने आदेश दिइसकेका छौं।” – नेता तेजुले पुराना डिलरहरूमाथि आरोप लगाउँदै भन्यो।
“जे भए पनि जनताको असुबिधालाई ध्यानमा राखेर छानबिन गर्ने त सरकारले नै होला ?”- पत्रकारले फेरि अर्को प्रश्न गर्यो। “हामीले हजुरलाई पहिल्यै भनिसक्यौं । यसबारेमा छानबिन छिट्टै हुने छ।”- मन्त्री तेजुले भन्यो।
त्यहीवेला एकजना सुटुक्क भित्र पस्यो। उसको हातमा एउटा फाइल र केही रूपियाँ पनि थियो। “पत्रकार महोदय, एकछिन हजुर बाहिर बस्नुहोस् म बोलाउँछु हजुरलाई।” – तेजुले पत्रकारलाई बाहिर पठायो।
“सर म इन्डेक्स विधुतीय चुलाे कम्पनीबाट आएको हुँ।”- रमेशले फाइल देखाउदै भन्यो। “ए.ए. हस् जे पनि गर्ने हो अलिक छिट्टै गर्नुहोस्। यहाँ जनतालाई जवाफ दिन कठिन भएको छ।”- तेजुले चारैतिर हेर्यो र भन्यो।
पत्रकारको केमरा ओन थियो त्यो पनि लाइभ चलिरहेको थियो।
“ठिक छ तर हामीलाई एक महिना अरू तन्काईदिए पुग्छ। त्यतिवेलासम्म हाम्रा इंडेक्शन् चुलाहरू बिक्रि भइसक्नेछन्।”- रमेशले कृतिम मुस्कुराउँदै भन्यो।
“अलिक सुस्त …. बाहिर मानिसहरू उभिएका छन्।” – मन्त्री तेजुले चोर औंला आफ्नो ओंठमा लगाउँदै भन्यो।
०००
दाङ घोराही १८
(२०८३/०५/०२/)
Subscribe
Login
0 Comments
Oldest







































