साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरूप हुन्न सुन्दर !!

उचालूँ चालमा चाल जलाऊँ मन फोहर लोभ तृष्णा सबै छुद्र आँत यो खै मनोहर? मनका दागका राग नाम रमाउँछन् यता केही खोज्ने सबै द्वेषी हराउँछन् जतातता !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आफू चिने सबै चिन्छ ऊ चिन्छ मनमानिस
आफू छिने सबै छिन्छ ऊ छिन्छ मनमानिस!
चिनिने मनले चिन्छ चिन्छ ऊ चिनिने मन
मन नै मन हो विश्व मनकै एक धड्कन!!

मन जाली भए छोप्ने छोपिन्छन् जालका मन
मन दाग भए दागी दाग नै बोल्छ धड्कन!
म हुँका गर्व उफ्रिन्छन् नहुने मनका मन
हुङ्कार एकमै थाहा हुन्छन् ती जन धड्कन!!

प्रशंसा भीखमा माग्ने भिखारी मनका मन
एक उक्लिन्न ऊ गौँडो हुन्न उत्साह धड्कन!
जलमा झार उम्रेझैँ पवित्र मनको वन
फोहोरले सधैँ छोप्छ मन ऊ हुन्न कञ्चन !!

दम्भको दाग हो झार जस्ताझैँ छोप्छ यो घर
इर्ष्यामा अन्यका कुद्ने कुरूप हुन्न सुन्दर !
लोभ अङ्कुश हो जेल घरलाई बनाउँछ
परिवारसँगै जम्मै घर नै डुङ्डुङाउँछ !!

मन अन्ध हुँदा गन्ध पुराना खोज्छ पत्कर
पति पुत्र उता पत्नी पुत्री सर्वस्व सुन्दर!
देश देख्दछ ऊ विश्व विश्व नै देश ठान्दछ
उन्माद मादको कालो छायाँ ऊ छत जान्दछ!!

सुकेको द्वेषले छोप्छ चौडा गन्तव्यकाे पथ
भित्रको चेतना हुन्छ रातझैँ रात लत्पत!
कुत्सितको धुवाँ कालो भित्र गुम्सिन्छ यो घर
पदचाप कुवा बन्छ हिँड्न सक्दैन ऊ पर !!

घरआँत सबै भित्ता काइ लेउ र लेउमा
गीत भजनका गाई मूर्तिको बस्छ छेउमा!
मायाका जालमा बाबुआमा सर्वस्व देख्दछ
अर्का उस्तै हुने जम्मै घृणामा शब्द लेख्दछ!!

छुद्रको झुन्ड नेतामा राग डुक्री कराउँछ
चर्का आवाजमा आफू आफैँभित्र हराउँछ!
गोपनीय गरी खात सिक्रा सिक्रा रमाउँछ
छद्मभेषी बनी मान्छे आफैँभित्र हराउँछ !!

उचालूँ चालमा चाल जलाऊँ मन फोहर
लोभ तृष्णा सबै छुद्र आँत यो खै मनोहर?
मनका दागका राग नाम रमाउँछन् यता
केही खोज्ने सबै द्वेषी हराउँछन् जतातता !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x