साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न ठानूँ नाम अस्तित्व हो !

नामका हल्लाले होइन कामका बुटले हिउँ टेकिनै पर्छ आधार शिविर उभएर उकालो बिर्का खोलेर अक्षरहरू नङ्ग्रा खियाएर पर्तीका पाटाहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

नाम ज्योतिषको
हो ससानो गणित
मिल्न पनि सक्छ यो
नमिल्न पनि
नामबाट
नाम खोज्नेहरू!
नामसँगै
लय नमिलेर
विलय भएका
थुप्रै छन् शिखरहरू
थुप्रै छन् द्यौरालीचौतारीहरू
घाम भन्दैमा
कहाँ उज्यालो हुन सक्छ र
बादल लागेपछि आकाशमा
चन्द्रमा भन्दैमा
कहाँ शीतलता हुन सक्छ र
प्रचण्ड गर्मीका
तनावहरू
दिनले लमतन्न सुताएपछि
रातका छातीहरूमा
अर्को दिन नहुन्जेलका लागि
पर्वत भन्दैमा
अटलको आड
कहाँ लाग्न सकिन्छ र
भूकम्पका प्लेटहरू
लमतन्न जमिनमुनि बिच्छिएपछि
कर्मका हातहरू
मर्म छामेर
नङ्ग्रानङ्ग्रामा
पर्ती पसारा पर्नेहरू
पर्ती कोट्टएको बेला
कलमका हात
मसी चोप्नेहरू
कोरा कागजका
पाना भरिएको पल
राजनीति थाम्नेहरू
सुराहीछाता मात्र पुगेर
उस्तै फर्केको बेला
बालुवाटारबाट
बल्ल अस्मिताको
पदचाप सुनिन्छ पाखाहरूमा
अस्तित्वको आकाश
ओर्लिन्छ पानाहरूमा
नामको भकारी भरिन्छ छानामुनि
तीर हानेर
सिकार खेल्न पल्केका
प्यागाससका प्वाँखहरू
नामको भाले सिउर हल्लाएर
दरबार
सिंहदरबारहरूमा
पानीमुनि पेट्रोलको
बारुद बिछ्याएर
समुद्रका तल्तल
अतल सतहमा
तिमी!
न हर्मुज अस्तित्व अग्लन सक्छौ
न खार्गद्वीप पग्लेर
विशाल विश्व
नामको अर्जुन उभिन सक्छौ
न नपोल्ने आगोको
अनन्त झिल्को
प्रमिथस दौडिन सक्छौ
यसर्थ
नामले काम उभिन्नन्
पाइतालाहरू
हातले
हात फैलिन्नन् अक्षरहरू
अल्छीले
पुरस्कारको पर्ती
पल्पलाउन्नन् पिपिराहरूमा
अस्मिताको हिमाल अग्लिन
नामका हल्लाले होइन
कामका बुटले
हिउँ टेकिनै पर्छ
आधार शिविर
उभएर उकालो
बिर्का खोलेर अक्षरहरू
नङ्ग्रा खियाएर
पर्तीका पाटाहरू !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x