साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजार कसकाे ?

एक हप्तादेखि मुख कुल्ला गर्न बिर्सेको बिर्ख बहादुर दन्त मञ्जन किन्न एक सय पचहत्तर बोकी पसल पसल डुल्दो छ। सुर्ती  बेच्न फुर्ती लगाउँदै आउने पनि बजारमै भेटिन्छन्।

Nepal Telecom ad

भलादमी भोला :

केही हप्तादेखि नियालेर हेरिरहेछु बजारलाई। कहिले ठिङ्ग उभिएर, कहिले चोसो तेर्स्याउँदै चौतारीमा चेपिएर।दाँदेमा परेर जाँगे भ्वाङ परेको कट्टु लगाउँदा टाङ फारेर बस्न पनि मिलेन । दौतरी खोज्दा खोज्दै भौँतारिएर चौतारीमा पुगेको हुँ। त्यसमा पनि बजारको भिडभाड, तानातान, लुछाफहरी घुइँचो घचारो थेगी साध्य हुँदैन। इँजार तानतुन पारेर लाज सरम जोगाउनै प-यो ।

बजार आफैंमा अचम्मको संसार हो। बजार आठौं आश्चर्य जस्तो लाग्छ मलाई । ग्राहकको गोजी हेरेर मनमौजी भाउ बजाउने हुनाले यसको नामाकरण बजार भएको होला भन्ने लख काटेको हुँ मैले। स्वास्नी अर्कैले लगिदिएर जार खोज्दै हिँड्दा जारले नै ढाडमा बजाइदिएकोले बजार भएको हो भन्ने ठेउके विचार पनि लगाउन त मिल्यो नि । लाली लगाएका काली अनि ताली बजाउने जाली बजारमै भेटिन्छन् । भालेको सिउर जस्तो कपाल पारेर हिँडेको फर्पिङको विदुर पनि यतै भेटिन्छ । जिन्स पाइन्टमा भ्वाङ पारेर स्वाङ गर्दै हिँडेको सिरानटोलको शिशुपाल स्वास्नीलाई स्वास्थ्य चौकी पुर्‍याएर बजारमै खुट्टा बटार्दै भेटिन्छ।काम हुनेहरूभन्दा बेकामेहरू बजारमा बढी भेटिन्छन् ‌।

तपाईँले पनि त्यस्तै सोच्नु भो होला । मथिङ्गल थिलथिलो पार्ने भीडतन्त्र बजार मै भेटिन्छ । बजारमा दाउ हेरेर भाउ निर्धारण हुन्छ। पसलै पिच्छे फरक फरक भाउ । केटाकेटीले गिजोलेको खानेकुरा जस्तो छ बजार । बजार गएपछि हजार साथमा बाँकी हुँदैन । हजार नहुने बजार जाँदैन ।

बजार कसको हो ? एका बिहानै डोकामा साग बोकेर झरेको पोके सार्की पनि मेरो बजार हो भन्दै घुमिरहेछ ‌‌। हात्ती ढुङ्गामा पाती चढाएर झरेको ठूलापाटे साँहिलो मेरो बजार हो भन्दै लात्ती बजारी रहेछ। बजारमा वाद हुन्छ, संवाद हुन्छ । ढङ्ग बेढङ्ग हुन्छ । बजार मेरो हो, मेरो हो भन्दै नाराबाजी गर्दै हात ठड्याएर कुदिरहेका मान्छेहरू पनि भेटिन्छन्। देश देशको बजार हुन्छ त्यसैले त विश्व बजार हुन्छ।

बोकाको मासु पोकामा हाली खसीको मासु एक धार्नी किनेको भन्दै फुर्ती लगाउनेहरू पनि बजारमै छन्। गन्धे झोल मुखमा हाली खुट्टा छेउ भित्तो पुर्‍याउँदै हतार भो भन्दै दौडिरहेकाहरू पनि बजारमै छन्। बजारमा पानीका जार बेचेर हजार कमाउन हैरान गरिरहेका जखमलेहरू पनि छन् । थाप्लोमा नाम्लोले डाम बसाएर बेकामका गफ गर्दै हिँड्ने पनि छन् । केराको घरी बेचेर नाइलनको सारी स्वास्नीका हातमा हालिदिन डिला परीको डिल्ले कान्छो मोलतोलमा लागिरहेछ ।

जरुवाको पानी करुवामा हाली खाटमा बसेर जरायोटारको जमदार बजार पुग्ने ध्याउनमा जंगलको बाटो हिँड्दो छ। बजारको मुखमै हजारको नोट हातमा लिएर बसेरीबाट बेसी झरेका गहत भटमास हात पार्न हरिकृष्णेकी स्वास्नी ढुङ्गामा लेपसिरहेकी छे । अनेक अनेक छ बजारमा । एक हप्तादेखि मुख कुल्ला गर्न बिर्सेको बिर्ख बहादुर दन्त मञ्जन किन्न एक सय पचहत्तर बोकी पसल पसल डुल्दो छ। सुर्ती  बेच्न फुर्ती लगाउँदै आउने पनि बजारमै भेटिन्छन्। बजारको सिमाना हुँदैन । बजार यसको हो भनेर तोक्न मिल्दैन। त्यसैले सबैको एकै मुख बजार कसकाे ?

०००
ओखलढ्रङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x