साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदिनको शुभकामना छोरी !

छोरीको पहिचान खोसेर खान पल्केका घर—घरमै छ्याप्छ्याप्ती पाइने शिकारीहरुलाई मस्तिष्कमा प्वाल पार्ने गरी ताकेर तिम्रा लेखनका गोली बर्साउनु छोरी ॥

Nepal Telecom ad

गायत्री लम्साल :

आज मेरी मायाको जन्मदिन
दुनियाँको कुभलो नगरेर
आफूले आफूलाई माया गर्दा
समाजले स्वार्थी भने—भनोस्
एक नम्बरकी स्वार्थी बन्नु छोरी ।

अन्याय, अत्याचार र विभेदको विरुद्धमा
खबरदारीको आवाज उठाउँदा
समाजले पोथी बास्यो भने—भनोस्‌
कामचोर भालेहरुको जुरो उखेल्ने गरी
मस्तसँग, जोडदारले बास्नु छोरी ॥

सत्यलाई हो र असत्यलाई होइन भनी
प्रमाण सहित दावी गर्दा,
समाजले छाडा, वाइफाले भने—भनोस्‌
न्याय मार्न खोज्ने अपराधीहरुलाई
आजीवन कारागारमा कोच्नु छोरी ॥।

आफ्नै आर्जनले—आफूलाई मनपर्ने
सजिलो पोशाक पहिरिँदा
समाजले छ्या कति नक्कली भने—भनोस्‌
मानसिकता नाङ्गै बनाएर लाज पचाएका
धर्तीका बोझहरुको सेखी झार्ने गरी
सकेजतिको नक्कली बन्नु छोरी ॥॥

आफूसँग जे छ —त्यसैमा रमाउँदा
आफू आफ्नै पौरखमा मस्तले बाँच्दा
ढोँगीहरुलाई चाकरी र चाप्लुसी नगर्दा
समाजले संस्कार नसिकेकी भने—भनोस्
छोरीको पहिचान खोसेर खान पल्केका
घर—घरमै छ्याप्छ्याप्ती पाइने शिकारीहरुलाई
मस्तिष्कमा प्वाल पार्ने गरी ताकेर
तिम्रा लेखनका गोली बर्साउनु छोरी ॥॥

आज मेरी छोरीको जन्मदिन
सधैँभरि स्वस्थ्य, व्यस्त र मस्त भएर खुशी रहनु
मानसिकतामा सकारात्मक उर्जाले भरिएको
नयाँ जोश, जाँगर र उमङ्ग भर्नु
तिम्रो सोच्ने, बोल्ने र लेख्ने कलाले
आफूलाई अजर—अमर बनाएर
युगौँ युग बाँचीरहनु …….,
प्यारी छोरीलाई जन्मदिनको अशेष शुभकामना ॥

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x